सिटिजन एक्सन पार्टीले गठन गऱ्यो संसदीय परिषद

गान्तोक, २१ अक्टोबरः आगामी १३ नोभेम्बरमा हुने सिक्किमका दुईवटा निर्वाचन क्षेत्रको उपचुनाउलाई लिएर सिटिजन एक्सन पार्टी सिक्किमले संसदीय परिषद गठन गरेको छ। पार्टी अध्यक्ष गणेश कुमार राईको अध्यक्षतामा गठित संसदीय…

एसकेएमका दुवै उम्मेद्वारले आज गर्ने नामाङ्कन दर्ता

गान्तोक, २१ अक्टोबरः सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका दुवै उम्मद्वारले आज सोमबार नामाङ्कन दर्ता गर्ने भएका छन्। दिउसो दुई बजे उप्रान्त दुवै उम्मेद्वारले सम्बन्धित रिटनिङ अफिसरको कार्यालयमा नामाङ्कन दर्ता गर्ने…

सिक्किममा शुरु भयो नर्थइस्ट टिम चेस च्याम्पियनशिप

गान्तोक, २० अक्टोबरः सिक्किम चेस एसोसिएशनको आयोजनामा आइवारदेखि गान्तोकमा नर्थइस्ट टिम चेस च्याम्पियनशिप २०२४ शुरु भएको छ। गान्तोकको जनता भवनमा आयोजना भइरहेको प्रतियोगितालाई सिक्किम सरकारको खेल तथा युवा मामिला विभागका…

उपचुनाउमा सोरेङबाट आदित्य गोले र नाम्चीबाट सतिश चन्द्र राई एसकेएम उम्मेद्वार घोषित

गान्तोक, २० अक्टोबरः सोरेङ-च्याखुङ निर्वाचन क्षेत्रका लागि आदित्य गोले र नाम्ची-सिङ्गीथाङ निर्वाचन क्षेत्रमा सतिश चन्द्र राई विधायसभा उपचुनाउका लागि उम्मेदवार बनेका छन्। सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले आइतवार पत्रकार…

जनजाति मागः एथनोग्राफिक रिपोर्ट समिति गठित

गान्तोक, २० अक्टोबरः सिक्किम र पश्चिम बङ्गाल राज्यबाट जनजाति बन्नबाट छुटेका नेपाली/गोर्खा समुदायलाई जनजाति मान्यता दिलाउन गठित संयुक्त कारबाही समितिको दोस्रो सभाले छुटेका समुदायको एथनोग्राफिक रिपोर्ट तयार पार्न एथनोग्राफिक समिति…

“विमल गुरुङ कृति पुरस्कार” मा प्रवीण खालिङको “चिया गफ”

गान्तोक, १९ अक्टूबर: नेपालको धरान–१८ बुद्धचोकस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार–२०८०’ कालागि छनौट गरेको दश श्रेष्ठ कृतिहरूको नाम शुक्रबार सार्वजनिक गरेको छ । जसमा सिक्किमका साहित्यकार…

उपचुनाउका लागि अधिसूचना जारी; एसकेएम संसदीय बोर्डको सभा आयोजित

गान्तोक, १८ अक्टोबर: दुईवटा निर्वाचन क्षेत्रमा हुने उपचुनाउका लागि आज अधिसूचना जारी भएको छ। यसका साथै सोरेङ च्याखुङ निर्वाचन क्षेत्र र नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका लागि आजदेखि नामाङ्कन दर्ता प्रक्रिया…

उपचुनाउलाई लिएर नाम्ची जिल्लापालले गरिन् समन्वय सभा

गान्तोक, १६ अक्टोबर: आगामी विधानसभा उपचुनाउलाई नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङको अध्यक्षतामा नाम्चीमा सभा आयोजित भएको छ। जिल्ला प्रशासनिक कार्यालय नाम्चीमा आयोजित सभामा नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रको उपचुनाउसंग सम्बन्धित विषयहरूमा…

एसकेएम पार्टीले गठन गऱ्यो संसदीय बोर्ड

गान्तोक, १६ अक्टोबर: दुईवटा निर्वाचन क्षेत्रमा उपचुनाउलाई लिएर सत्तारुढ एसकेएम पार्टीले संसदीय बोर्डको गठन गरेको छ। नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्र र सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा १३ नोभेम्बरमा हुने उपचुनाउका लागि…

सिक्किममा १३ नोभेम्बरमा हुनेछ उपचुनाउ; एसकेएम पार्टीले जनायो स्वागत

गान्तोक, १६ अक्टोबर: चुनाउ आयोगले महाराष्ट्र र झारखण्डसँगै सिक्किममा उपचुनाउको मिति घोषणा गरेको छ। आयोगका अनुसार, सिक्किमका दुईवटा निर्वाचन क्षेत्रमा १३ नोभेम्बरमा मतदान हुनेछ र मतगणना २३ नोभेम्बरमा हुनेछ। उपचुनाउको…