बीजेपी सिक्किमले गऱ्यो बढ्दो आत्महत्या माथि चिन्ता व्यक्त

गान्तोक: बीजेपी सिक्किमले राज्यभरि आत्महत्या दर डरलाग्दो रूपमा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। नेशनल क्राइम रेकर्ड्स ब्युरो (NCRB) का अनुसार, सिक्किममा प्रति एक लाख जनसङ्ख्यामा देशकै उच्च आत्महत्या दर रहेको बीजेपी सिक्किमले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।
बीजेपी सिक्किमका मिडिया प्रभारी निरेन भण्डारीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “पछिल्लो समय स्थिति झन् गम्भीर बनेको छ। एक हप्तामै १७ वटा आत्महत्या घटना दर्ता भएका छन्, जसअनुसार दिनहुँ ३ देखि ४ जनाले आत्महत्या गरिरहेका छन्। जम्मा ६.५ लाख जनसङ्ख्या भएको राज्यका लागि यो अवस्था चिन्ताजनक छ।”
बीजेपी सिक्किमका अनुसार, “यो आत्महत्या सङ्कट सामाजिक, आर्थिक र शासन व्यवस्थाका कमजोरीहरूकै प्रतिफल हो। विशेष गरी मादक पदार्थ दुव्र्यसन, रोजगारी अभाव, राजनीतिक कृपावाद (नेपोटिज्म), तथा नैतिक शिक्षाको गिरावट जस्ता कारणहरूले युवाहरू निराशा र तनावमा परेर ज्यान फाल्न बाध्य भएका छन्।”
बीजेपी सिक्किमले सरकारसमक्ष केही तत्काल कदम चाल्न माग गरेको छ। मानसिक स्वास्थ्यसम्बन्धी छुट्टै विभाग स्थापना, मानसिक स्वास्थ्य कार्यक्रमका लागि बजेट वृद्धि, मादक पदार्थ ओसारपसारमा कडा कारबाही, रोजगारीका अवसर वृद्धि, सरकारी तथा निजी क्षेत्रमा पारदर्शी र मेरिटका आधारमा नियुक्ति, तथा विद्यालयमा नैतिक शिक्षा पुनःस्थापना गर्न पार्टीले जोड दिएको छ।
सरकार, नागरिक समाज र आम जनतालाई यो गम्भीर सङ्कट रोक्न एकजुट भई अघि बढ्न बीजेपीले आह्वान गरेको छ। “आत्महत्या दर बढ्दै जानु सिक्किमका लागि खतरा सङ्केत हो।” यदि तत्काल कदम चालिएन भने, यो सङ्कट अझ भयावह बन्ने र राज्यका धेरै युवाहरूको ज्यान जाने खतरा रहेको चेतावनी बीजेपी सिक्किमले दिएको छ। जनताको कल्याणलाई पहिलो प्राथमिकता दिनुपर्ने समय आएको पार्टीले स्पष्ट पारेको छ।

 

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह