सिक्किममा ई-चालान प्रणालीका लागि यातायात विभागले जारी गऱ्यो नयाँ एसओपी

गान्तोक : लगातार विवाद बढेपछि ट्राफिक नियमको कार्यान्वयनलाई सुचारु बनाउन र पारदर्शिता कायम गर्न सिक्किम सरकारको यातायात विभागले ई-चालान जारी गर्न नयाँ मानक संचालन प्रक्रिया (SOP) लागू गरेको छ। यो नयाँ प्रणाली १० अप्रेल २०२५ देखि लागू हुनेछ। यातायात विभागका आयुक्त-सचिव राज यादवद्वारा शनिबार जारी गरिएको आदेश अनुसार, कागजात सम्बन्धी उल्लंघन पत्ता लाग्दा तुरुन्तै ई-चालान जारी गरिने छैन। प्रणालीले पहिले राष्ट्रिय सूचना केन्द्र (NIC) सँग वाहनको डाटाको धेरै चरणमा स्वचालित जाँचको गर्नेछ। यदि कागजातको म्याद सकिएको वा हराइरहेको पाइएमा वाहन मालिकको दर्ता भएको मोबाइल नम्बरमा SMS र WhatsApp मार्फत सूचना पठाइनेछ। यस्तो सूचना प्राप्त गर्ने वाहन मालिकहरूले अनलाइन VAHAN पोर्टल, आधिकारिक परिवहन वेबसाइट (www.parivahan.gov.in) वा RTO कार्यालय, साझा सेवा केन्द्र वा साइबर क्याफेमा गएर दस दिनभित्र आफ्ना कागजातहरू अपडेट गर्नुपर्नेछ। यो समयसीमाभित्र कागजात अपडेट नगरेमा प्रणालीले स्वचालित रूपमा ई-चालान जारी गर्नेछ र दर्ता भएको वाहन मालिकलाई पठाइनेछ।यदि AI-आधारित क्यामेरा प्रणालीद्वारा जारी गरिएको ई-चालान जाँच पछि गलत साबित भएमा, उक्त चालान रद्द गरिनेछ साथै वाहन मालिकलाई शुरुमा लागेको जरिवानाको दोब्बर रकम क्षतिपूर्तिको रूपमा प्रदान गरिनेछ। चालानको विवरण www.challan.sntd.in मा अनलाइन हेर्न सकिन्छ। यातायात विभागले वाहन मालिकहरूको आफ्नो वाहन कागजात र मोबाइल नम्बर अपडेट राख्ने जिम्मेवारी पूर्ण रूपमा उनीहरूकै भएको स्पष्ट गरेको छ। विभागले मोबाइल नम्बर अनलाइन अपडेट गर्नसक्ने विधि पनि सार्वजनिक गरेको छ। यातायात विभागले सबै वाहन मालिकहरूलाई यी परिवर्तनहरूलाई ध्यान राख्न र जरिवानाबाट बच्न समयमै पालना गर्न आग्रह गरेको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह