गान्तोक: पश्चिम सिक्किम उत्तरे बजार नजिकै शनिबार साँझ भएको दुर्घटनामा उत्तरे नयाँ बस्तीका बासिन्दा तथा पेशाले शिक्षक कबिर हाङ लिम्बूको मृत्यु गएको छ।
प्राप्त विवरण अनुसार, पीडित शनिबार साँझ करिब 7.30 बजेतिर देन्तामबाट उत्तरेतर्फ यात्रा गरिरहेका थिए त्यही क्रममा उनको वाहन दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनाका समय कबिर हाङ लिम्बू स्वयंले वाहन चलाएका थिए भने उनी एक्लो सवार थिए।उत्तरे पुलिसले दुर्घटना स्थलबाट शव फेला पारेपछि आवश्यक पोस्टमार्टम प्रक्रियाका लागि जिल्ला अस्पताल गेजिङ पठाएको छ। दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन।





