गान्तोक: आगामी २२ देखि २६ मईसम्म सिक्किममा पहिलो ‘माउन्टेन रश’ टाइम, स्पिड, डिस्टेन्स (टिएसडी) कार र्याली आयोजना हुने भएको छ। सिक्किम राज्य स्थापनाको ५०औँ वर्षगाँठको अवसरमा २२ देखि २६ अप्रेल २०२५ सम्म ‘माउन्टेन रश’ नामक पहिलो टिएसडी कार र्याली आयोजना हुने भएको जसलाई समिट टाइम्स र सर्विस टू मेनकाइन्डको संयुक्त रुपमा आयोजना गर्नेछ।
यो र्याली सिक्किमका छ वटै जिल्ला समेटेर आयोजना हुनेछ। २२ अप्रेल दिउँसो ३ बजे बुर्तुक हेलिप्याडमा मुख्यमन्त्रीको उपस्थितिमा विश्वस्तरीय विशेषज्ञहरूले कार र बाइक स्टन्ट प्रस्तुत गर्नेछन्। २३ अप्रेल बिहान ७ बजे गान्तोकको रिज पार्कबाट र्यालीको फ्ल्यागअप हुनेछ।
समिट टाइम्सका प्रमुख सम्पादक पुरण तामाङले पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन्। मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङले यो र्यालीले सिक्किमको दीर्घकालीन पर्यटन र आर्थिक विकासलाई प्रवर्द्धन गर्ने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सिक्किमको पहिचान स्थापित गर्ने बताए।
४५ विभिन्न टिमले सहभागिता जनाउने यो र्यालीले ग्रामीण पर्यटन, होमस्टे र स्थानीय संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। ऱ्यालीको समापन २६ अप्रेलमा हुनेछ।





