गान्तोक: सिक्किमका मुख्यमन्त्री पीएस गोले फेरि गृह राज्यमा सबैभन्दा लोकप्रिय नेता बन्नपुगेका छन्। इण्डिया टुडेको एमओटीएन पोल अनुसार राज्यमा सबैभन्दा लोकप्रिय नेताको रूपमा पीएस गोले देखा परेका छन्।
यसै फरवरी महिनामा जारी गरेको इन्डिया टुडे मुड अफ द नेशन पोल अनुसार, सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले 62.1 प्रतिशत अनुमोदन रेटिङका साथ लोकप्रियता चार्टमा शीर्ष स्थानमा छन्।
स्मरण गराइन्छ, वर्ष 2023 –मा सिक्किमका मुख्यमन्त्री पीएस गोलेको अनुमोदन रेटिङ केवल 26 प्रतिशत थियो भने अगस्त 2024 सम्ममा आइपुग्दा यो रेटिङ बढ़ेर 55.7 प्रतिशतमा पुगेको थियो। जो अहिले आएर शिखरमा पुगेको छ। अनि यो रेटिङ सर्वेक्षणमा ट्र्याक गरिएका सबै मुख्यमन्त्रीहरूमध्ये सबैभन्दा तीव्र वृद्धि पनि हो।
तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिन 56.8 प्रतिशतले दोस्रो स्थानमा छन् भने असमका मुख्यमन्त्री हिमन्त विश्वशर्मा 55.4 प्रतिशत अनुमोदन रेटिङका साथ तेस्रो स्थानमा छन्। यी दुवै नेताहरूले गत वर्ष तुलनामा स्थिर रेटिङ कायम राखेका छन् तर मुख्यमन्त्री गोलेको तीव्र वृद्धि अझ उल्लेखनीय बन्नपुगेको छ।
प्रत्येक राज्यका उत्तरदाताहरूलाई आफ्नै मुख्यमन्त्रीको कार्यसम्पादनको मूल्याङ्कन गर्न भनिएको थियो। यस अन्तर्गत 62.1 प्रतिशत रेटिङ सिक्किमका 499 जना उत्तरदाताहरूबाट आएको इण्डिया टुडेको सर्वेक्षणमा बताइएको छ।
सर्वेक्षणको परिणाम राज्यमा व्यापक राजनैतिक रुझानहरू अनुरूप छन्। मुख्यमन्त्री पीएस गोले नेतृत्वाधीन सिक्किम क्रान्तिकारी मोर्चा (SKM) राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (NDA) -को भागको रूपमा रहेर राज्यको एकल लोकसभा सीटमाथि आफ्नो प्रभुत्व कायम राखेको छ।
यसैगरी, शीर्ष दशमा सामेल अन्य मुख्यमन्त्रीहरूमा गुजरातका मुख्यमन्त्री भूपेन्द्रभाइ पटेल 54.2 प्रतिशतले चौथो स्थानमा छन् भने आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडु 46.9 प्रतिशतले पाँचौं स्थानमा छन्। यस्तै प्रकारले, पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी अनि त्रिपुराका मुख्यमन्त्री माणिक साहाले बराबरीको प्रदर्शन दर्ता गराएका छन् भने कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले 38.9 प्रतिशतका साथ केही सुधार ल्याएका छन्।
सर्वेक्षणले देशमा जब चुनावी प्रतिद्वन्दिता नजिकिँदै गर्दा राज्यहरूमा परिवर्तनशील राजनैतिक गतिशीलतालाई चित्रण गर्ने गर्दछ, जसमा मुख्यमन्त्री पीएस गोलेको बढ्दो लोकप्रियता क्षेत्रीय नेतृत्वमा एउटा महत्त्वपूर्ण प्रवृत्तिको रूपमा अघि आएको छ।
उल्लेखनीय छ, गत वर्ष 23 अगस्त 2024 –मा इन्डिया टुडे मुड अफ द नेशन पोलको सर्वेक्षणले सिक्किमका मुख्यमन्त्री गोले सबैभन्दा लोकप्रिय मुख्यमन्त्रीको रूपमा देखाएको थियो भने यसपल्ट पनि सोही पोलको सर्वेक्षणले लोकप्रियताको उपाधि पुन मुख्यमन्त्री गोलेले नै पाएका छन्।






Lazarevskoe cemetery The dukhs began shelling us But where Let s likely while let