भुवनेश्वर: ओडिसाको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत तेस्रो वर्षक बी.टेककी नेपाली विद्यार्थी प्रकृति लम्साल 16 फरवरीमा होस्टल कोठामा रहस्यमय अवस्थामा मृत फेला परेकी छिन्। पुलिसले उनका प्रेमी तेस्रो वर्षका मेकानिकल इञ्जिनियरिङ विद्यार्थी अद्विक श्रीवास्तवलाई दुर्व्यवहार र मानसिक यातनाका आरोपमा पक्राउ गरेको छ। प्रकृतिलाई आत्महत्या गर्न बाध्य बनाएको आशंका गरिएको छ।
अद्विकले प्रकृतिलाई गालीगलौज र मानसिक यातना दिएको एक अडियो क्लिप सोशल मीडियामा भाइरल भएपछि घटनाले थप चर्चा पाएको छ। विद्यार्थीहरूका अनुसार, “प्रकृतिले यसअघि विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (IRO) मा दुर्व्यवहारको गुनासो गरिसकेकी थिइन्, तर विश्वविद्यालयले कुनै कदम चालेन।”
घटनापछि नेपाली विद्यार्थीहरूले क्याम्पसमा प्रदर्शन गरेका छन्। आज विश्वविद्यालयले सबै नेपाली विद्यार्थीलाई तुरुन्तै क्याम्पस खाली गर्न निर्देशन दिँदै अनिश्चितकालका लागि बन्द गरिएको सूचना जारी गरेको छ।





