चुनाउ आयोगद्वारा उपराष्ट्रपति चुनाउका लागि रिटर्निङ अफिसर नियुक्ति

नयाँ दिल्लीः जगदीप धनखडले राजीनामा दिएपछि खाली भएको उपराष्ट्रपति पदको चुनाउ गराउन चुनाउ आयोगले रिटर्निङ अफिसरको नियुक्ति गरेको छ। आयोगले राज्यसभा सचिवालयकी संयुक्त सचिव गरिमा जैन र राज्यसभा सचिवालयका निर्देशक विजय कुमारलाई उपराष्ट्रपति चुनाउ, 2025 को क्रममा सहायक रिटर्निङ अफिसरको रूपमा नियुक्त गरेको हो।

भारतको चुनाउ आयोग, अनुच्छेद 324 अन्तर्गत भारतका उपराष्ट्रपतिको पदका लागि चुनाउ गराउन अधिकृत छ। उपराष्ट्रपतिको पदको चुनाउ राष्ट्रपति तथा उपराष्ट्रपति चुनाउ अधिनियम, 1952 र त्यस अन्तर्गत बनाइएका नियमहरू अर्थात् राष्ट्रपति तथा उपराष्ट्रपति चुनाउ नियम, 1974 द्वारा शासित हुन्छ।

राष्ट्रपति तथा उपराष्ट्रपति चुनाउ अधिनियम, 1952 को धारा 3 अन्तर्गत, चुनाउ आयोगले केन्द्र सरकारसँग परामर्श गरी एक रिटर्निङ अफिसर नियुक्त गर्दछ, जसको कार्यालय नयाँ दिल्लीमा हुनेछ र उनले एक वा अधिक सहायक रिटर्नइङ अफिसर पनि नियुक्त गर्न सक्छन्। परम्परा अनुसार, लोकसभाका महासचिव वा राज्यसभाका महासचिवलाई आलोपालोद्वारा रिटर्निङ अफिसरको रूपमा नियुक्त गरिन्छ। पछिल्लो उपराष्ट्रपति चुनाउको समयमा, लोकसभाका महासचिवलाई रिटर्नइङ अफिसरको रूपमा नियुक्त गरिएको थियो।

यसै विधिलाई पालन गर्दै  चुनाउ आयोगले विधि तथा न्याय मन्त्रालयसँग परामर्श गरी र राज्यसभाका माननीय उपसभापतिको सहमतिमा राज्यसभाका महासचिवलाई आगामी उपराष्ट्रपति चुनाउ, 2025 को लागि रिटर्निङ अफिसरको रूपमा नियुक्त गरेको हो।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    गान्तोकः सिक्किम सरकारले आमाहरूको अमूल्य योगदान र त्यागको सम्मानस्वरूप हरेक वर्ष 10 अगस्तलाई “आमा सम्मान दिवस” को रूपमा मनाउने निर्णय गरेको छ। यस सम्बन्धी राज्यको गृह विभागले आज अधिसूचना जारी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह