भारतीय सेनाद्वारा पीओकेमा ‘अप्रेशन सिन्दुर’ सञ्चालन

नयाँ दिल्ली: भारतीय सेनाले ‘अप्रेशन सिन्दुर’ सञ्चालन गर्दै पाकिस्तान र पाकिस्तान-अधिकृत जम्मु कश्मीर (पीओके) मा रहेका आतङ्ककारी संरचनाहरूमा आक्रमण गरेको छ। यिनै स्थानहरूबाट भारतविरुद्धका आतङ्ककारी योजनाहरू तयार पारिएको र सञ्चालन गरिएको भारतीय सुरक्षास्रोतहरूले बताएका छन्।
यस अभियान अन्तर्गत जम्मा ९ स्थानहरूमा लक्षित आक्रमण गरिएको छ। भारतले आफ्नो कारबाहीलाई केन्द्रित, सन्तुलित र तनाव नबढाउने प्रकृतिमा सञ्चालन गरेको जनाएको छ। कारबाहीको क्रममा कुनै पनि पाकिस्तानी सैनिक संरचनालाई लक्ष्य बनाइएको छैन। भारतीय सेनाले लक्ष्य छनोट र कार्यान्वयनको तरिकामा अत्यधिक संयमता देखाएको छ।
यो कदम हालै तीर्थस्थल पहलगाममा भएको बर्बर आतङ्कवादी आक्रमणपछि आएको हो, जसमा २५ जना भारतीय र एक जना नेपाली नागरिकको ज्यान गएको थियो। भारतले यो आक्रमणका दोषीलाई कारबाही गर्ने प्रतिबद्धताअनुसार कदम चालेको हो।
‘अप्रेशन सिन्दुर’ सम्बन्धमा विस्तृत जानकारी दिँदै औपचारिक प्रेस ब्रिफिङ आज साँझ गरिने भारतीय अधिकारीहरूले जनाएका छन्।
स्रोत – पीआईबी

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    गान्तोकः सिक्किम सरकारले आमाहरूको अमूल्य योगदान र त्यागको सम्मानस्वरूप हरेक वर्ष 10 अगस्तलाई “आमा सम्मान दिवस” को रूपमा मनाउने निर्णय गरेको छ। यस सम्बन्धी राज्यको गृह विभागले आज अधिसूचना जारी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह