मेघालय बन्यो एनईसीडीसी महिला क्रिकेट च्याम्पियन

गान्तोक: सिक्किमको आयोजनमा खेलाइएको दोस्रो नर्थइस्ट क्रिकेट डेभलोप्मेन्ट काउन्सिल (एनईसीडीसी) को वरिष्ट महिला अन्तर राज्य प्रतियोगिता मेघालयले जितेको छ। आज माइनिङ क्रिकेट ग्राउण्डमा भएको यस प्रतियोगितामा मेघालयले सिक्किमलाई दुई विकेटले पराजित गरेर प्रतियोगिता विजेता बनेको हो। सिक्किमले टस जितेर पहिला ब्याटिङ गर्दै मेघालय सामु दिएको 115 रनको लक्ष्यलाई मेघालयले आठ विकेट गुमाएर 19.3 ओभरमा प्राप्त गऱ्यो।
टस जितेर पहिला ब्याटिङ रोजेको सिक्किम टिमको पक्षमा प्रियङ्का कुर्मीले 27 बल खेलेर 43 रन बनाइन। यसरी नै प्रितिका छेत्रीले 29 रन, प्रिमुला छेत्रीले 17 रन, मरियम सुब्बाले 12 रन र साम रोय प्रधानको 8 रनको सहयोगमा सिक्किमले निर्धारित 20 ओभरमा 114 रन जोड्न सफल भएका थिए। यो लक्ष्य हासिल गर्न दोस्रो ब्याटिङका लागि मैदाममा उत्रिएको मेघालयको पक्षमा मोनिका एल फावाले 37 रन डी दत्ताले दिएको 35 रनको सहयोगमा फानल जितेर मेघालय प्रतियोगिताको च्याम्पियन बनेको हो।
चारवटा खेलमा 9 विकेट र 60 रन बनाउने सिक्किमकी प्रिमुला छेत्री प्लेअर अफ दि टुनान्मेन्ट बनेकी छिन भने सर्वाधिक विकेट लिने खेलाडीको पुरस्कार पनि उनले नै जितेकी छन्। सिक्किमकी समायिता रोय प्रधानले प्रतियोगितामा कूल 139 रन बनाएर सर्वाधिक रन बनाउने खेलाडीको उपाधि जितिन भने फाइनमा टिमलाई विजयी बनाउन महत्त्वपूर्ण 37 रनको योगदान दिने मेघालयकी मोनिका एल फावा म्यान अफ् दि म्याच चुनिएकी छन्।
एनईसीडीसी वरिष्ट महिला अन्तर राज्य क्रिकेट प्रतियोगिता 7 अप्रेलदेखि शुरु भएको थियो। यसमा असम र त्रिपुरा बाहेक अन्य छ राज्यका टिमले भाग लिएका थिए भने सबैले ग्रुप स्टेजको प्रतियोगिता खेल्ने अवसर पाएका थिए। आज फाइनलमा विजेता टिमलाई आयोजकले एक लाख 50 हजार र उपविजेतालाई 75 हजार रुपियाँको पुरस्कार राशी प्रदान गऱ्यो।
सिक्किम क्रिकेट एसोसिएसनका प्रतिनिधि समीर हाङ लिम्बूले जानकारी दिएअनुसार एनईसीटीसीको गठन 2014 मा भएको थियो । यसको गठनको उद्देश्य बीसीसीआई- मा सदस्यता लिन असमर्थ उत्तरपूर्वी राज्यहरूमा क्रिकेट खेलको विकास गर्नु हो । एनईसीडीसीमा सिक्किम, अरुणाचल प्रदेश, मिजोरम, नागाल्यान्ड, मेघालय र मणिपुर सामेल छन् । यो गठन भएको समय उत्तरपूर्वका दुई राज्य असम र त्रिपुरा एलिट वर्गमा भएकाले परिषद समावेश छैनन् । यी दुई राज्यलाई पहिल्यै बीसीसीआईको सदस्यता प्राप्त भइसकेको थियो । तर अन्य 6 राज्यलाई भने 2018 मात्रै बीसीसीआईको सदस्यता प्राप्त भएको कारण एनईसीडीसीमा 6 राज्य मात्रै रहेका छन्। ।
नर्थइस्ट क्रिकेट डेभलोप्मेन्ट काउन्सिल (एनईसीडीसी) को वरिष्ट महिला अन्तर राज्य पहिलो प्रतियोगिता गत वर्ष शिलाङमा आयोजन भएको थियो जसमा सिक्किम र नागाल्याण्ड संयुक्त विजयी बनेका थिए। उत्तरपूर्वी राज्यहरूमा क्रिकेट खेललाई कायम राख्न र युवाहरूलाई यसप्रति प्रोत्साहित गर्ने उद्देश्यले यो प्रतियोगिता शुरु गरेको बताइएको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह