दार्जीलिङ र कालेबुङमा जिल्ला परिषद स्थापनाको माग

दार्जीलिङ: जीटीएका प्रमुख कार्यपाल अनित थापाले दार्जीलिङ र कालेबुङ जिल्लामा जिल्ला परिषद गठन गर्न राज्य सरकारसँग माग गरेका छन्। यस विषयमा उनले आज पञ्चायत तथा ग्रामीण विकास विभागका मन्त्री प्रदीप मजुम्दारसँग भेटवार्ता गरेका छन्। बैठकमा विभागका सचिव डा. उलागानाथन पनि उपस्थित थिए।
थापाले भेटका क्रममा मन्त्रीलाई जीटीए क्षेत्रअन्तर्गत दार्जीलिङ र कालेबुङ जिल्लामा जिल्ला परिषदको अभावले स्थानीय जनताको लोकतान्त्रिक अधिकारमा ठूलो खाडल पारेको उल्लेख गर्दै तत्काल परिषद गठनका लागि आग्रह गरे। उनका अनुसार, “हाल जीटीए क्षेत्रमा दुईस्तरीय पञ्चायत व्यवस्था मात्र छ, जसका कारण जनताको प्रतिनिधित्वलाई प्रभावकारी बनाउन जिल्ला परिषद आवश्यक छ।”
अनित थापाले मन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा परिषद स्थापनाका लागि सरकारलाई चाँडो निर्णय लिन आग्रह गरिएको छ। साथै परिषद सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा कर्मचारी व्यवस्था सुनिश्चित गर्न र शीघ्र चुनाव गराई जनताको प्रतिनिधि आवाज निर्णय प्रक्रियामा समावेश गराउन माग गरिएको छ।
जीटीए प्रमुख थापाले मन्त्रीसँगको छलफल सौहार्दपूर्ण र सकारात्मक रहेको जानकारी दिएका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    गान्तोकः सिक्किम सरकारले आमाहरूको अमूल्य योगदान र त्यागको सम्मानस्वरूप हरेक वर्ष 10 अगस्तलाई “आमा सम्मान दिवस” को रूपमा मनाउने निर्णय गरेको छ। यस सम्बन्धी राज्यको गृह विभागले आज अधिसूचना जारी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह