साङ्कालाङको झोलुङ्गे पुल दुई दिन बन्द रहने

गान्तोक: उत्तर सिक्किमको जङ्गु र मगनलाई जोड्ने साङ्कालाङमा टिस्टा नदीमाथिको बाँसको झोलुङ्गे पुल दुई दिनका लागि आवागमनमा बन्द राखिएको छ। मगनका महकुमा अधिकारीले एउटा आदेश जारी गरेर आज 16 र 17 फरवरीका दिन साङ्कालाङको पुल मरमत गरिने जानकारी दिएका छन्।
साङ्कालाङस्थित बेली पुल गत 11 फरवरीमा भत्किएको कारण मगन र जङ्गुबीचको यातायात सम्पर्क अवरुद्ध भएको छ। सोही पुल भत्किएपछि, हाल सर्वसाधारणका लागि साङ्कालाङस्थित बाँसको झोलुङ्गे पुल मात्रै एकमात्र विकल्प बनेको छ। तर उक्त झोलुङ्गे पुल सुरक्षित बनाउन तत्काल मर्मत आवश्यक भएकाले दुई दिनका लागि सर्वसाधारणका लागि पूर्णरूपमा बन्द रहनेछ।
सार्वजनिक सुरक्षाका लागि पुल मर्मत कार्य आवश्यक भएकाले सर्वसाधारणलाई तोकिएको मितिमा वैकल्पिक मार्ग अपनाउन अनुरोध गरिएको छ। सम्बन्धित अधिकारीले साङ्कालाङको दुवै पुल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताएका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    One thought on “साङ्कालाङको झोलुङ्गे पुल दुई दिन बन्द रहने

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह