मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय गरेको छ।

यो दिन सिक्किमका आमाहरूको निःस्वार्थ माया, त्याग र जीवनभरको योगदानलाई सम्मान गर्न समर्पित बताइएको छ। कार्यक्रम अवधि सरकारले तोकेको मापदण्ड अनुसार योग्य ठहरिएका आमाहरूलाई आमा सशक्तिकरण योजना अन्तर्गत चेक वितरण गरिनेछ। उक्त योजना सिक्किमका आमाहरूको सशक्तिकरण तथा उत्थानमा केन्द्रित रहेको छ।

आज आयोजित बैठकमा मुख्यमन्त्रीले आमाहरूको समाज निर्माणमा रहेको महत्त्वपूर्ण भूमिकालाई विशेष रूपमा उल्लेख गर्दै भने, “आमा केवल पालनपोषण गर्ने मात्र होइन, उनीहरू शिक्षक, मार्गदर्शक र प्रेरणादायी पात्र पनि हुन्। आमाले आफ्ना सन्तानमा करुणा, सहानुभूति र जिम्मेवारीको भाव जगाउने भएकाले यी नै मूल्यहरू भविष्यको पुस्तामा प्रतिबिम्बित भई एक सबल र नैतिक समाजको आधारशिला बन्नेछन्।”

यस अवसरमा मुख्यमन्त्रीले उपस्थित मन्त्रीहरू, विधायक, ओएसडीहरू, सिएलसी अध्यक्षहरू, महिला, बालबालिका, वरिष्ठ नागरिक तथा दिव्याङजन कल्याण विभागका सचिव लगायत सम्बन्धित अधिकारीहरूलाई आ-आफ्नो निर्वाचन क्षेत्रमा विशेष टोली गठन गरी योग्य र वास्तविक लाभार्थीको पहिचान निष्पक्ष र पारदर्शी ढंगले गर्न स्पष्ट निर्देशन दिए। उनले कुनै पनि योग्य आमा छुट्नु नहुने र न्याय तथा ईमानदारीका आधारमा चयन प्रक्रिया सम्पन्न गर्नुपर्ने बताए।

मुख्यमन्त्रीले भनेका छन्, “हामी सबैले ईमानदारी र प्रतिबद्धताका साथ काम गरौँ, जसले गर्दा प्रत्येक योग्य आमालाई उनको निःस्वार्थ योगदानको सम्मान दिलाउन सकियोस्। यो केवल सरकारी कार्यक्रम मात्र होइन, मातृत्वको अमर शक्ति र आत्माको प्रति गरिएको हार्दिक सम्मन हो।”

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    गान्तोकः सिक्किम सरकारले आमाहरूको अमूल्य योगदान र त्यागको सम्मानस्वरूप हरेक वर्ष 10 अगस्तलाई “आमा सम्मान दिवस” को रूपमा मनाउने निर्णय गरेको छ। यस सम्बन्धी राज्यको गृह विभागले आज अधिसूचना जारी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह