एनएचआईडीसीएलले पायो राष्ट्रिय राजमार्ग १०-को जिम्मेवारी

गान्तोक, ६ नोभेम्बरः पश्चिम बङ्गाल राज्य अन्तर्गत पर्ने सेवोकदेखि रम्फूसम्मको राष्ट्रिय राजमार्ग १० -को रखरखाउको दायित्व राज्य पीडब्ल्युडी विभागबाट नेशनल हाईवेज एण्ड इन्फ्रास्ट्क्चर डेभलोपमेन्ट कर्पोरेशन लिमिटेड  (एनएचआईडीसीएल) -लाई केन्द्र सरकारले सुम्पेको छ।

सिक्किम अनि कालेबुङको जीवन रेखा मानिने एनएच १० यस वर्ष धेरै लामो समयसम्म बन्द रहेपछि पश्चिम बङ्गाल राज्य अधीनस्थ पीडब्ल्युडी-ले सही कार्य नगरेको आरोप लगाउँदै विभिन्न स्टेक होल्डरहरूले बाघपुलदेखि रम्फूसम्मको ५२.१० किलोमीटर लामो एनएच १० को रखरखाउको दायित्व केन्द्रिय एजेन्सीलाई दिइनुपर्ने माग गरिरहेका थिए।

एनएच १० सिक्किम-बङ्गालको जीवनरेखा पनि हो। यसका साथै चीनसितको अन्तरराष्ट्रिय सीमा नजीक पर्ने हुनाले सैन्य सुरक्षाको दृष्टिकोणले पनि यो राजमार्ग देशका लागि धेरै महत्त्वपूर्ण रहेको छ।

विगतमा एनएच १०-को गम्भीर अवस्था विषय लिएर सिक्किमका मुख्यमन्त्री पीएस गोले, सिक्किम लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा अनि दार्जीलिङका सांसद राजु विष्टले एनएच १०-को रखरखाउको दायित्व एनएचआईडीसीएललाई दिइनुपर्ने केन्द्र सरकारसमक्ष धेरैपटक माग राख्दै आइरहेका थिए। यसै क्रममा, एनएच १०-को स्थायी समाधानका लागि गत जून महिनामा सिक्किमका मुख्यमन्त्री पीएस गोलेले देशका प्रधान मन्त्री नरेन्द्र मोदी अनि केन्द्रिय गृहमन्त्री अमित साहसित भेट गरेर एनएच १०-को मरम्मति तथा रख-रखाउ पश्चिम बङ्गालपट्टि सन्तोषजनक हुन नसकेको गुनासो पोख्दै  राजमार्ग १०-को सम्पूर्ण अंशकै मरम्मति तथा रख-रखाउको दायित्व पूर्णतया एनएचएआई अथवा एनएचआईडीसीएल जस्ता केन्द्रीय एजेन्सीलाई सुम्पिनुपर्ने अनुरोधसमेत गरेका थिए। यसैको फलस्वरूप गत जुलाई महिनामा केन्द्रिय सड़क, परिवहन अनि राजमार्ग मन्त्री नितिन गडकरीले एनएच १०-को दायित्व एनएचआईडीसीएललाई सुम्पिइने निर्देशसमेत जारी गरेका थिए।

विगतमा सिक्किमका मुख्यमन्त्री पीएस गोलेलेराजमार्ग १० बन्द हुँदा सिक्किमलाई प्रतिदिन सय करोड़ रुपियाँको घाटाहुनेगरेको जनाउँदै सिक्किम जस्तो सानो राज्यका लागि यो ठूलो घाटा हो भनी बताएका थिए। यसका साथै एनएच १० लाई उनले गाड़ेघाउको संज्ञासमेत दिएका थिए।

उल्लेखनीय छ, सिलगढ़ीदेखि सेवोक हुँदै सिक्किमको गान्तोकसम्म पुग्ने राष्ट्रिय राजमार्ग १०-लाई पहिले राष्ट्रिय राजमार्ग ३१ ए-को रूपमा चिनिन्थ्यो। सन् १९६८ यता ४७ वर्षदेखि यस राजमार्गलाई मरम्मति तथा निर्माण गर्दै आइरहेको सीमा सड़क संगठन (बीआरओ)-ले  जून २०१६-मा पश्चिम बङ्गालभित्र पर्ने राजमार्गको अंशको दायित्व पश्चिम बङ्गाल राज्यको पीडब्ल्युडी विभागलाई सुम्पेको थियो, जसको सिक्किमले धेरै विरोधसमेत गरेको थियो। अहिले २०२४ -मा आएर एनएच १० -को पश्चिम बङ्गाल राज्यपट्टिको अंशको दायित्व  एनएचआईडीसीएललाई केन्द्र सरकारले सुम्पेको छ। जसको अधिसूचना गत २९ अक्टोबर २०२४ -माजारी गरिएको । अब एनएच १० –को मरम्मति तथा रख-रखाउको दायित्व  एनएचआईडीसीएलले गर्नेछ, जसले गर्दा एनएचको व्यवस्थामा सुधार आउनेछ भन्ने मानिसहरूले आशा राखेका छन्।   

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह