३३औँ सम्पूर्ण क्रान्ति दिवसमा चामलिङले लगाए एसकेएम सरकारमाथि गम्भीर आरोप

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीले आइतबार गान्तोकस्थित एसडीएफ भवनमा ३३औँ सम्पूर्ण क्रान्ति दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गर्‍यो। पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका वरिष्ठ नेता, युवा कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा कोमल चामलिङसहित पार्टीका युवा नेताहरूले पनि सम्बोधन गर्दै वर्तमान राजनीतिक परिस्थितिमाथि धारणा राखे।
सम्बोधनका क्रममा एसडीएफ अध्यक्ष पवन चामलिङले वर्तमान एसकेएम सरकारको कडा आलोचना गरे। उनले सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) को छ वर्षे कार्यकालमा राज्यका सबै लोकतान्त्रिक संस्था कमजोर पारिएको आरोप लगाउँदै सरकारलाई “जंगली सरकार” को संज्ञा दिए।
उनले भने, “छ वर्षमा एसकेएम सरकारले सिक्किममा राजनीतिमा अपराधीकरण बढाएको छ। यसले गर्दा समाजमा डिप्रेशन, राजनीतिक आतंक, सांगठनिक अपराध, भ्रष्टाचारको संस्कृति, आत्महत्या र यौन अपराधको दर वृद्धि भएको छ।”
चामलिङले एसकेएम सरकारले एक लाख २० हजार करोड रुपैयाँ बजेट र ३० हजार करोड रुपैयाँ ऋण लिएको भए पनि राज्यको समग्र विकासमा कुनै ठोस प्रगति नभएको दाबी गरे। उनले तुलना गर्दै भने, “एसडीएफ सरकारले २५ वर्षको कार्यकालमा जम्मा ६१ हजार करोड खर्च गरेर राज्यको आधारभूत पूर्वाधार तयार पारेको थियो।”
मुख्यमन्त्री पीएस गोलेमाथि आरोप लगाउँदै उनले भने, “छ वर्षमा गोले सरकारले आफ्ना बिजिनेस पार्टनरसँग मिलेर व्यापक भ्रष्टाचार गरेको छ।जलविद्युत् परियोजना, सरकारी सम्पत्ति र चियाबारीसम्म बिक्रीमा लगिएको छ।”
एसडीएफ अध्यक्षले एसकेएम सरकारको कार्यकालमा भएको एमसिएक्स स्केमजस्ता घटनाले सिक्किमको आयकर छुटको स्थायित्वमाथि खतरा उत्पन्न भएको बताए। उनले स्मरण गरे, “सन् १९८९ को सिग्रेट काण्डपछि आयकर लागू भएको थियो, अहिले पनि उस्तै अवस्था पुनः दोहोरिन सक्ने देखिन्छ।”
पवन चामलिङले राज्य सरकारको वित्तीय व्यवस्थापनमाथि प्रश्न उठाउँदै भने, “सिक्किम राज्य बैंक रित्तो पारिएको छ, अवकाशप्राप्त कर्मचारीलाई ग्रेचुटी दिन सकिएको छैन, तलब दिनसमेत सरकारसँग पैसा छैन। एसडीएफ सरकार सरप्लस बजेटमा चलेको थियो, अहिलेको सरकार माइनसमा पुगेको छ।”
चामलिङले एसडीएफ सरकारले निर्माण गरेको नयाँ एसटीएनएम अस्पतालको अवस्था दयनीय भएको भन्दै स्वास्थ्य सेवामै तुच्छ राजनीति भएको बताए। लिम्बू-तामाङ सीट आरक्षण, कर्मापा आगमन, र १२ जातिको जनजाति मान्यता सम्बन्धी विषयमा समेत एसकेएम सरकारले कुनै गम्भीर प्रयास नगरेको उनी बताउँछन्।
सिक्किमको जैविक ब्रान्डको दुरुपयोगका कारण अन्तर्राष्ट्रिय स्तरमा राज्यको बदनामी भएको उल्लेख गर्दै उनले भने, “अजैविक चामल सिक्किमको नाममा अन्तर्राष्ट्रिय बजारमा बेचिँदा पकडा पर्‍यो। अहिले सिक्किमको जैविक ब्रान्ड नै प्रभावित भयो।”
सरकारले ग्रामीण स्तरका योजना बन्द गरेर केवल ठूला योजनामा कमिसनको खेल गरिरहेको भन्दै चामलिङले आलोचना गरे। उनले राज्यको कर संरचना जनविरोधी भएको र साना व्यवसायी र किसानसमेत संकटमा परिरहेको बताए। पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष चामलिङले सबै क्षेत्रमा एसकेएम सरकारलाई असफल भन्दै खुलेर आलोचना गरे साथै भ्रष्टाचार गरिएको सबैकुरा आफ्नो हिसाबकिताबमा राखेको दाबी गरे।
कार्यक्रमको अन्त्यमा चामलिङले सिक्किमको वर्तमान परिस्थितिलाई “नाजुक” भन्दै एसडीएफको क्रान्तिको सन्देश पुनः सान्दर्भिक बनेको बताए। उनले पार्टी कार्यकर्ता र समर्थकहरूलाई ” पुनः क्रान्तिको मैदानमा उत्रिन” आह्वान गरेका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह