राज्यपालले गरे जलुक र नथुलाको भ्रमण

गान्तोक: सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले शुक्रबार ‘इन्डिया टुडे टुरिजम सर्भे एन्ड अवार्ड्स २०२५’ मा ‘भारतको सबैभन्दा रमणीय मार्ग’ घोषित पुरानो सिल्क रूट जलुकको भ्रमण गरे। यस अवसरमा उनले क्षेत्रको प्राकृतिक सुन्दरताको आनन्द लिए। राज्यपाल माथुरले आफ्नो भ्रमण बारे बोल्दै भने, “जलुक पुरानो समयमा सिलगढीदेखि तिब्बतसम्मको व्यापारिक मार्गको प्रमुख केन्द्र थियो। समयसँगै यो मार्ग पर्यटकहरूको मुख्य आकर्षण बनेको छ। कालेबुङदेखि नथुला र कुपुपसम्मको यो मार्ग आफ्नो अद्वितीय सुन्दरता र रोमाञ्चकताका लागि प्रसिद्ध छ।”
राज्यपालले बाबा हरभजन सिंह मन्दिरमा प्रार्थना गरेर र सम्पूर्ण जनताको सुख-समृद्धिको लागि आशीर्वाद मागेका छन्। त्यसपछि उनले नथुला सीमाको भ्रमण गरेर भारतीय सेनाका जवानहरूसँग कुराकानी गरे साथै उनीहरूको हौसला बढाए। कठिन परिस्थितिमा मातृभूमिको सेवामा समर्पित जवानहरूको प्रशंसा गर्दै उनीहरूले मातृभूमिका लागि गरेको सेवाको राज्यपालले सम्मान गरेका छन्।
भ्रमणको क्रममा, राज्यपालले ‘भाइब्रेन्ट भिलेज’ जुलुकका पञ्चायत सदस्यहरू र स्थानीय बासिन्दाहरूसँग भेटघाट गरे साथै उनीहरूले सामना गरिरहेका चुनौतीहरू बारे जानकारी पनि लिए। यसै अवसरमा राज्यपालले जलुक ट्रान्जिट क्याम्पको पनि भ्रमण गरेर अधिकारीहरूसँग क्षेत्रीय विकाससम्बन्धीत विषयहरूमा छलफल गरेका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह