सिलगढ़ीमा ‘आमा को गोद’ सु-स्वास्थ्य निवासको उद्घाटन

सिलगढ़ी: सिक्किमका मुख्यमन्त्री पीएस गोलेले शुक्रबार बिहान सिक्किमबाट उपचारका लागि सिलगढ़ी आसपासका अस्पतालमा आउने बिरामीहरूको सहयोगार्थ ‘आमा को गोद’ सु-स्वास्थ्य निवासको उद्घाटन गरे।
सिलगढ़ीको चम्पासारीस्थित यो स्वास्थ्य-लजिस्टिक सहयोग केन्द्र हालका लागि भाडामा लिइएको भवनमा सञ्चालन शुरु गरिएको छ। यस केन्द्रको व्यवस्थापन सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टी अन्तर्गत गरीब जनकल्याण प्रकोष्ठको निगरानीमा रहनेछ।
यो अतिथि गृह बिरामी र उनीहरूका परिवारका सदस्यहरूका लागि ठूलो राहत हुने मुख्यमन्त्री गोलेले विश्वास व्यक्त गरेका छन्। साथै यो पहल सरकारको नागरिकहरूको कल्याणप्रति रहेको प्रतिबद्धताको प्रतीक भएको बताएका छन्।
“सरकार गठन भएदेखि नै हामीले स्वास्थ्य सेवा क्षेत्रमा विशेष प्राथमिकता दिएका छौं। बिरामी परेर उपचार गर्न घर बाहिर जानु पर्दा हाम्रा जनताले कुनै असुविधा भोग्न नपरोस् भन्ने उद्देश्यले यो सुविधा सञ्चालनमा ल्याइएको हो,” मुख्यमन्त्री गोलेले भनेका छन्।
मुख्यमन्त्रीले गरीब जनकल्याण प्रकोष्ठका प्रमुख संरक्षक प्रभाकर गोलेको नेतृत्वमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी तथा सहयोगी टोलिको सराहना गरेका छन्। बिरामीहरूलाई समयमै उचित सेवा र आत्मीयता प्रदान गर्न प्रकोष्ठमा रहेका सबैको मेहनत महत्वपूर्ण रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन्।
भविष्यमा यो केन्द्रको स्तर वृद्धि गरी थप सुविधा सम्पन्न बनाउने योजना सरकारको रहेको साथै सिक्किम सरकार स्वास्थ्य सेवा पहुँचलाई अझ प्रभावकारी बनाउन निरन्तर लागिरहने मुख्यमन्त्रीले प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह