गान्तोक: सिक्किमकी मुस्कान सुब्बा एएफसी महिला एसियन कप २०२६ छनोटका लागि भारतीय महिला फुटबल टोलीको ३९ सम्भावित खेलाडीहरूमा छनौट भएकी छिन्।
उदीयमान फुटबल प्रतिभा मुस्कान सुब्बा एएफसी महिला एसियन कप २०२६ छनोटका लागि जारी गरिएको भारतीय राष्ट्रिय महिला फुटबल टोलीको ३९ सम्भावित खेलाडीहरूमा नामित भएकी हुन्।
यो सूची मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीले आधिकारिक रूपमा घोषणा गरेका हुन्। मुस्कान टिममा मिडफिल्डरको सम्भावित सूचीभित्र परेकी छिन।





