उपचुनाउमा सोरेङबाट आदित्य गोले र नाम्चीबाट सतिश चन्द्र राई एसकेएम उम्मेद्वार घोषित

गान्तोक, २० अक्टोबरः सोरेङ-च्याखुङ निर्वाचन क्षेत्रका लागि आदित्य गोले र नाम्ची-सिङ्गीथाङ निर्वाचन क्षेत्रमा सतिश चन्द्र राई विधायसभा उपचुनाउका लागि उम्मेदवार बनेका छन्। सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले आइतवार पत्रकार सम्मेलन आयोजन गरेर दुवै निर्वाचन क्षेत्रका लागि उम्मेद्वारको नाम घोषणा गरेको हो। आदित्य गोलेले सोरेङबाट दोस्रो पल्ट चुनाउ लड्ने मौका पाएका छन् भने सतिश चन्द्र राईले पहिलो पल्ट विधायक बन्ने चुनाउ लड्नेछन्।

यसअघि एसकेएम पार्टीले गठन गरेको संसदीय बोर्डले आज नै मुख्यमन्त्री तथा एसकेएम अध्यक्ष पीएस गोलेलाई रिपोर्ट बुझाएको थियो। उपचुनाउका लागि उम्मेद्वार घोषणा गर्न आयोजित एसकेएम पत्रकार सम्मेलनमा प्रवक्ता तथा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले दुवै उम्मेद्वारको नाम सार्वजनिक गरे।

एसकेएम पार्टी ३० जना विधायकका साथ सरकारमा रहेका कारण आगामी विधानसभा उपचुनाउमा पार्टी उम्मेद्वारले ९५ प्रतिशत भोट प्राप्त गर्नेछन् भन्ने पार्टीका प्रवक्ता तथा मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेतले विश्वास व्यक्त गरे। दुवै क्षेत्रमा पार्टी कार्यकर्ता एकजुट रहेकाले उम्मेद्वारलाई लिएर कुनै प्रकारको विवाद सिर्जना नहुने पनि उनले दाबी गरेका छन्।

नाम्ची-सिङ्गीथाङ र सोरेङ-च्याखुङ निर्वाचन क्षेत्रमा अलग अलग दिन उम्मेद्वारले नामाङ्कन दर्ता गर्ने पार्टीले निर्णय लिएको र दुवै उम्मेद्वारको नामाङ्कनमा मुख्यमन्त्री पीएस गोलेको उपस्थिति रहने विकास बस्नेतले जानकारी दिए। दुवै उम्मेद्वारको प्रचार प्रसारका लागि पनि मुख्यमन्त्री गोलेले समय दिने बताइएको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह