गान्तोक: जम्मु कश्मीरको राजौरीमा पाकिस्तानबाट भएको गोलाबारीमा प्रशासनिक अधिकारी डा. राजकुमार थापाको निधन भएको छ। थापा हाल राजौरीका अतिरिक्त जिल्लापाल (ADC) थिए।
उक्त घटनाप्रति दार्जिलिङका सांसद राजु विष्ट र जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्ला गहिरो दुःख व्यक्त गर्दै पाकिस्तानको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्।
मुख्यमन्त्री अब्दुल्लाले एक्समार्फत लेखेका छन्, “हाम्रो प्रशासन सेवाका एक समर्पित अधिकृत गुमायौं। यो अपूरणीय क्षति हो।”
दार्जिलिङका सांसद राजु विष्टाले भनेका छन्, “प्रत्येक भारतीय डा. थापाको परिवारको साथमा छ। पाकिस्तानले यसको मूल्य चुकाउनै पर्छ।”
यस घटनाले नागरिक क्षेत्रमा भइरहेको आक्रमणप्रति गम्भीर चिन्ता पैदा गरेको छ।





