गान्तोकः सिक्किमको राजधानी गान्तोकको कृषि भवन नजिकबाट एउटा हत्याको घटना प्रकाशमा आएको छ। घटना हिजो राति लगभग 10 बजे घटेको हो जसमा दार्जीलिङ निवासी एक 32 वर्षिय युवाले ज्यान गुमाएका छन्।
प्राप्त जानकारीअनुसार एकजना अवकाशप्राप्त वन विभागका अधिकारीले हत्याको घटनाबारे जिम्मेवारी लिंदै पुलिस समक्ष आत्मा समर्पण गरेका छन्।
स्थानीय मानिसहरूले जानकारी दिएअनुसार मृतक युवाले राती आरोपी व्यक्तिको घरमा गएर लगातार दैलो ढकढकाएपछि आरोपीले दैलो खोलेका थिए। तथापि दैलो खोलीसक्दा आरोपी व्यक्तिमाथि छुरीप्रहार भएको र जसबाट जोगिन आरोपीले आत्मारक्षाको कदम चाल्दा युवाको मृत्यु भएको हो।
तथापि घटनाबारे पुलिसले अहिलेसम्म आधिकारीक बयान दिएको छ। घटनास्थलमा छानबिनपछि पुलिसले मृतकको शव पोस्टमार्टमका लागि पठाएको छ।





