सिक्किमको प्रमाणपत्र भएका किरायदारको प्रमाणीकरण गर्नुनपर्ने

गान्तोक: सिक्किममा घरभाडामा बस्ने मानिसहरूको भेरिफिकेशनलाई लिएर सिर्जना भएको अन्योलतालाई सिक्किम पुलिसले केही साम्य गराएको छ। मंगलवार सिक्किम पुलिसले पत्रकार सम्मेलन गरेर सिक्किम सब्जेक्ट, सीओआई, आरसी, जमिन पर्चा र सिक्किमको भोटर कार्ड भएका सिक्किमे बासिन्दाहरूले कुनै पनि प्रकारको भेरिफिकेशन गर्नु नपर्ने स्पष्ट पारेको छ।
सिक्किम पुलिसका महानिदेशक अक्षय सचदेवाले आज आयोजित पत्रकार सम्मेलनमा सिक्किम सब्जेक्ट, सर्टिफिकेट अफ आइडेन्टिफिकेसन (सीओआई), रेसिडेन्शियल सर्टिफिकेट (आरसी), जमीनको पर्चा र सिक्किमको भोटर कार्ड भएका सिक्किमे बासिन्दाहरूले कुनै पनि प्रकारको भेरिफिकेशन गर्नु नपर्ने जानकारी गराएका छन्।
यी पाँच प्रकारका मध्ये कुनैपनि एउटा कागजात भएका व्यक्तिहरूले पुलिस स्टेशनमा किरायदार प्रमाणीकरणको लागि दर्ता गर्नु नपर्ने जानकारी गराएका छन्। किरायदार प्रमाणीकरण सम्बन्धि चाँडै नै नयाँ अधिसूचना जारी गरिने पनि पुलिस महानिर्देशकले जानकारी गराएका छन्।
सिक्किममा बसोबास गर्दै आएका मानिसहरूसँग सरकारद्वारा तोकिएका उक्त कागजात नभएका किरायदारको भने पुलिस स्टेशनमा प्रमाणीकरण गर्नेपर्छ। स्थानीय वासिन्दा र राज्यको आन्तरिक सुरक्षाका लागि किरायदारको प्रमाणीकरण महत्त्वपूर्ण रहेको र यसलाई लागू गर्दा कतिपय शुरुआती समस्या देखिनु सामान्य विषय रहेको बताउँदै पुलिस महानिदेशक अक्षय सचदेवा समस्याहरूलाई कानुन संशोधनको समय सम्बोधन गर्न सकिने बताएका छन्।
यता पुलिस स्टेशनमा प्रमाणीकरण गराउनेको भीड लगातार बडेका कारण यसलाई व्यवस्थित गर्न आगामी केही दिनभित्रै पुलिस आउट पोष्टहरूमा पनि यो प्रक्रिया सञ्चालन गरिने उनले बताउ। पुलिस महानिदेशक सचदेवाले किरायदार प्रमाणीकरण प्रक्रिया एकपल्ट पूरा भइसकेपछि सरकारमा किरायदारको डेटाबेस उपलब्ध हुने विश्वास व्यक्त गरेका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह