सारथी सम्मान दिवसमा 12 जना चालकलाई सरकारले प्रदान गऱ्यो वाहन

गान्तोकः सिक्किम सरकारले चालक वर्गप्रति सम्मान प्रकट गर्ने उद्देश्यले मनाउने “सारथी सम्मान दिवस” यस वर्ष पनि पालन गरिएको छ। गान्तोकस्थित मनन केन्द्रमा आयोजित 7औं संस्करणमा 6 वटै जिल्लाबाट छानिएका 12 जना चालकलाई ‘उत्कृष्ट सारथी पुरस्कार’ अन्तर्गत एक एक वटा वाहन प्रदान गरियो।

मुख्यमन्त्री पीएस गोलेको मुख्य आतिथ्यमा आयोजित कार्यक्रममा राज्य सरकारका मन्त्रीहरू, विधायकगण, विभागीय सल्लाहकार तथा सबै जिल्लाबाट चालक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा चार सयभन्दा बढी लाभार्थीलाई मुख्यमन्त्री विवेकाधीन कोषमार्फत सहयोग राशिको चेक वितरण गरियो।

सरकारले सडक दुर्घटनाबाट प्रभावित चालक परिवारलाई पाँच लाख रुपियाँ अनुग्रह सहायता रकम प्रदान गऱ्यो साथै, एसएनटी ट्रक, ट्याङ्कर, बस चालक तथा कन्डक्टरहरूलाई उत्कृष्ट चालक पुरस्कार प्रदान गऱ्यो। अनुशासनमा उत्कृष्टता देखाउने चालकहरू, महिला चालकहरू, एमबीबीएस अध्ययनरत चालक परिवारका विद्यार्थी तथा खेल क्षेत्रमा विशेष प्रदर्शन गरेका चालकहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको छ।

यस अवसरमा विधायक तथा चालक मोर्चा उपाध्यक्ष प्रभारी सञ्जित खरेल र यातायात विभाग सल्लाहकार तथा विधायक मदन सिन्चुरीले सम्बोधन गर्दै सरकारद्वारा चालकरूका हितमा ल्याइएका योजनाहरूबारे जानकारी गराएका थिए।

सारथी कल्याण बोर्ड अध्यक्ष सोनाम ओङदी भोटिया र चालक संघका प्रतिनिधि हरि छेत्रीले पनि सम्बोधन प्रस्तुत गरे। कार्यक्रममा यातायात विभागको उपलब्धि तथा सारथीद्वारा गरिएको सामाजिक कार्यमाथि भिडियो प्रस्तुति पनि देखाइएको थियो।

कार्यक्रम अवधि सारथी आईडलका विजेता तथा उपविजेताले साङ्गीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा पश्चिम बंगाललगायत अन्य राज्यबाट आएका विभिन्न चालक संघ संस्थाका प्रतिनिधिहरूलाई पनि सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा सरकारी चालक संघद्वारा प्रस्तुत ‘नशामुक्त सिक्किम’ सम्बन्धी नाटक, सेन्ट्रल जोइन्ट एक्सन कमिटीको थिम सङ तथा सन्तोष मगरको गीतको लोकार्पण समेत गरिएको थियो।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह