फेरि भत्कियो साङकालाङको बेली ब्रिज

गान्तोक: उत्तर सिक्किमको मंगन र जोङ्गुको सम्पर्क पुन विच्छेद भएको छ। मंगन नजीक साङकालाङमा टिस्टा नदीमाथि निर्माण गरिएको बेली ब्रिज मंगलवार दिउँसो भत्किएपछि मंगन र जङ्गुबिचको सड़क सम्पर्क टुटेको हो।
यो नयाँ पुल भारतीय सेनाको त्रिशक्ति क्रप्सले निर्माण गरेर 2 जनवरी 2025 देखि सञ्चालनमा आएको हो। मंगलवार दिउँसो सीमा सड़क संगठनको एउटा ट्रक पुल पार गर्दैगर्दा भत्किएको थाहा लागेको छ। तथापि यस दुर्घटनामा मानवीय ज्यानमालको क्षति भने भएको छैन।
जानकारी गराइन्छ, 3-4 अक्टोबर 2023 –को टिस्टा त्रासदीले साङकालाङमा रहेको पुरानो पुल बगाएपछि सीमा सड़क संगठनले एउटा बेली ब्रिज निर्माण गरेको थियो। तथापि, 2024 –को जून महिनामा फेरि टिस्टाको भेलले उक्त पुल पनि बगाएपछि यसपल्ट भारतीय सेनाले यहाँ लगभग 60 मीटर लामो बेली ब्रिजको निर्माण गरेको थियो। यो पनि मंगलवार भत्कियो।
साङकालाङको बेली ब्रिज भत्किएपछि मंगन र माथिल्लो जङ्गुबिचको सड़क सम्पर्क पुन बाधित भएको छ। यसै मार्ग भएर उत्तर सिक्किमको चुङथाङ, लाचुङ र लाचेनतर्फको सम्पर्क पनि स्थापित गरिएको कारण यो नयाँ पुल धेरै महत्त्वपूर्ण थियो। यो पुल भत्किएपछि मानिसहरूले जङ्गु र उत्तर सिक्किमका अन्य भेकहरूको यात्रा गर्न पुन डिक्चु नजीक फिदाङबाट तल्लो जङ्गु भए यात्रा गर्नुपर्नेछ, जसको दुरी साङकालाङभन्दा लगभग डेढ़ घण्टा लामो हुनेछ।
यता, मंगनबाट सोझै चुङथाङलाई जोड्ने टुङ नागा सड़क मार्गमा पनि एकतर्फी ट्राफिक सञ्चालन रहेकाले साङकालाङको पुल भत्किँदा धेरै कठिनाइ झेल्नपर्ने स्थिति भने देखिँदैन।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह