विद्यार्थीलाई शिक्षा समर्थन गर्न मुख्यमन्त्रीले दिए स्कूटी उपहार

गान्तोक: सिक्किमका मुख्यमन्त्री पीएस गोलेले विद्यार्थीको शिक्षा समर्थनमा स्कूटी उपहार दिएका छन्। आज पहिलो बैशाखीको दिन मुख्यमन्त्रीले गेजिङको साञ्चामान लिम्बू सरकारी डिग्री कलेजमा नेपाली सम्मान विषयमा प्रथम वर्षमा अध्ययनरत सृष्टि दर्जीलाई एक स्कूटी हस्तान्तरण गरे। गेजिङ जिल्लाको अपर भालुथाङका ओम प्रकाश दर्जीकी छोरी सृष्टिले घरबाट कलेजसम्मको लामो दूरीका कारण यात्रामा कठिनाइ भोगिरहेकी थिइन्। हालैको एक भेटमा सृष्टिले मुख्यमन्त्रीसँग आफ्नो दैनिक यात्राले पढाइमा पारेको असरबारे कुरा गराएकी थिइन्। उनको लगनशीलता र शिक्षाप्रतिको समर्पणबाट प्रभावित भएर मुख्यमन्त्री गोलेले विद्यार्थीको यात्रालाई सहज बनाउन र शैक्षिक यात्रालाई समर्थन गर्न सरकारबाट स्कूटी उपलब्ध गराउने व्यवस्था गरे।
विद्यार्थीलाई स्कूटी हस्तान्तरण बारे जानकारी दिंदै मुख्यमन्त्री गोलेले आफ्नो सोसल मिडिया पेजमा लेखेका छन् “सृष्टि दर्जीलाई स्कूटी हस्तान्तरण गर्नु हृदयस्पर्शी क्षण थियो,”।
“कुनै पनि बालबालिकाले स्रोतको अभावमा शिक्षामा कठिनाइ भोग्नु हुँदैन। हामी हाम्रा युवाहरूलाई सशक्त बनाउन र उनीहरूको शिक्षाको बाटोमा आउने हरेक अवरोध हटाउन प्रतिबद्ध छौँ।”
मुख्यमन्त्रीले सृष्टिको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दै सबैका लागि शैक्षिक अवसर सुनिश्चित गर्ने राज्य सरकारको प्रतिबद्धता दोहोर्‍याएका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह