मुख्यमन्त्री गोलेको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन

गान्तोक: उत्तर-पूर्वी राज्यहरूमा कृषि र बागवानीको मूल्य शृङ्खला र बजार सम्पर्कका कमजोरीहरू सम्बोधन गर्न सिक्किमका मुख्यमन्त्री पीएस गोलेको संयोजकत्वमा एक उच्चस्तरीय कार्यदल (HLTF) गठन गरिएको छ। ७२औं एनईसी बैठकको निर्णयअनुसार गठित यो कार्यदलको पहिलो बैठक ७ अप्रेलमा २०२५ मा गान्तोकको सम्मान भवनमा भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको थियो। मुख्यमन्त्री गोलेले उत्तर-पूर्वमा कृषिको अपार सम्भावना रहेको तर अपर्याप्त पूर्वाधार, प्रशोधन इकाईको अभाव, छरिएको जमिन, कमजोर बजार सम्पर्क र प्रविधिको पहुँच सीमितताले चुनौती खडा गरेको बताए। उनले छुट्टै नीति र आठवटै राज्यको सहभागिताको प्रस्ताव गरेका छन्।
अरुणाचल प्रदेश, असम र त्रिपुराका मुख्यमन्त्रीहरूले पनि आ-आफ्ना राज्यका समस्याहरू उजागर गरेका थिए। केन्द्रिय मन्त्री ज्योतिरादित्य सिन्धियाले मुख्य मुद्दाहरू पहिचान गरी छोटो र दीर्घकालीन लक्ष्य निर्धारण गर्न सुझाएका छन्। कार्यदलको अर्को बैठक अप्रेल महिनाको अन्त्यमा हुने बताइएको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    गान्तोकः सिक्किम सरकारले आमाहरूको अमूल्य योगदान र त्यागको सम्मानस्वरूप हरेक वर्ष 10 अगस्तलाई “आमा सम्मान दिवस” को रूपमा मनाउने निर्णय गरेको छ। यस सम्बन्धी राज्यको गृह विभागले आज अधिसूचना जारी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह