तीन दिने ब्लु ड्युक महोत्सव समाप्त

गान्तोक: सिक्किमको राज्य पुतली ब्लु ड्युकको नाममा आयोजना गरिएको तीन दिने महोत्सव आइतबार समापन भएको छ । समापन समारोहमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, विधायक एलबी दास र विधायक सोनम छिरिङ भेनचुङ्पाको विशेष उपस्थिति रहेको थियो। समापन समारोहमा देशको विभिन्न स्थान, नेपाल र सिक्किमका स्थानीय कलाकारहरूले विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए।
सिक्किमको खाद्य वस्तुको विशेष पहिचानलाई उजागर गर्न र रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स र ड्रोन टेक्नोलोजी बारे विद्यार्थीहरूलाई जानकारी प्रदान गर्न महोत्सवको आयोजना गरिएको थियो।
राजधानी गान्तोक देखि लगभग 15 किलोमिटर दूरीमा रानीपुल नजिक सरमसा गार्डनमा आयोजना भएको महोत्सवमा देशका ख्यातिप्राप्त संस्थानका रोबोटिक्स, एआई र ड्रोन विज्ञहरुको सहभागिता रहेको थियो । राज्यका प्रसिद्ध होटल र देशका प्रसिद्ध होटलहरूको सेफहरूले सिक्किममा उत्पादित खाद्य वस्तुहरूको विशेष परिकार तयार पारेर स्थानीय स्वादलाई प्रवर्द्धन गर्ने प्रयास पनि तीन दिनको महोत्सव अवधि गरिएको थियो।
ब्लु ड्युक सिक्किमको राज्य पुतली, लोपोन्मुख पुतलीहरू मध्ये एक हो। 2022 मा राज्य पुतलीको रुपमा मान्यता पाएको थियो। बटरफ्लाइ सोसाइटी अफ् सिक्किमले विगत 10 वर्षदेखि यसका लागि काम गर्दै आएको छ ।
सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाको पहलमा गरिएको यस कार्यक्रममा पर्यटन व्यवसायीलाई पनि समावेश गरिएको थियो। यसमा गान्तोकका विभिन्न स्कुल र कलेजका विद्यार्थीहरुले भाग लिएका थिए। आगामी वर्षहरूमा यसलाई क्यालेन्डर कार्यक्रमको रूपमा आयोजना गरिने बताइएको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह