सिक्किम प्रिमियर लिग १० अप्रेलदेखि शुरु हुने

गान्तोक: फुटबल डेभलपमेन्ट प्राइभेट लिमिटेडले आयोजना गर्दै आएको सिक्किम प्रिमियर लिगको तेस्रो संस्करण आगामी १० अप्रेल देखि शुरु हुने भएको छ। फुटबल डेभलपमेन्ट प्राइभेट लिमिटेडको बोर्ड अफ् डाइरेक्टरका सदस्यहरूले शनिबार पत्रकार सम्मेलन आयोजन गरेर सिक्किम प्रिमियर लिग तेस्रो सिजनको घोषणा गरेका छन्।
लिग नाम्चीको भाइचुङ स्टेडियम र गान्तोक पाल्जर स्टेडियममा खेलाइनेछ जसको फाइनल खेलेको मिति तय हुन् बाँकी छ। सिक्किम प्रिमियर लिगमा यसपल्ट थप एउटा टिम जोडिएको पछि टिम संख्या नौ पुगेको फुटबल डेभलपमेन्ट प्राइभेट लिमिटेडले जानकारी दिएको छ।
सिक्किम सरकारको खेल तथा युवा मामिला विभागको संरक्षण र सिक्किम फुटबल एसोसिएसनको तकनिकी सहयोगमा आयोजना गरिने सिक्किम प्रिमियर लिग फुटबलको लिग चरणमा ३६ वटा खेल हुनेछन् भने दुईवटा प्लेअफ र फाइनल गरी कूल ३९ म्याच हुनेछन्।
यस पल्ट देखि सिक्किम प्रिमियर लिगलाई अझ प्रभावकारी बनाउनका लागि खेलाडीहरूको डोप टेस्ट पनि शुरु गरिने आयोजकले जानकारी दिएको छ। राज्यमा कुनै पनि खेलमा डोप टेस्ट लागू गर्ने सिक्किम प्रिमियर लिग पहिलो प्रतियोगिता हुनेछ।प्रतियोगिता हेर्नका लागि यस सिजनदेखि टिकट व्यवस्था आयोजकले शुरु गरेको छ। व्यवसायिक फुटबल विकासका खेल टिकट काटेर हेर्नुपर्ने प्रथा स्थापित गर्ने सोच रहेको तर टिकट मूल्य भने साधारण सबैका लागि हुनेगरी तय गरिएको बताइएको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह