विभागका कार्यप्रणालीको समीक्षा गर्न गान्तोकमा उच्चस्तरीय बैठक आयोजित

गान्तोक: विभिन्न सरकारी विभागहरूको कार्यप्रणालीको समीक्षा गर्न विद्यमान चुनौतीहरू पहिचान गर्न साथै आवश्यकताहरूबारे छलफल गर्ने उद्देश्यका साथ शनिबार सिक्किम सरकारको एउटा उच्चस्तरीय बैठक आयोजित भएको छ। गान्तोकको चिन्तन भवनमा सरकारको विभिन्न विभाग मन्त्री , विभागीय प्रमुख, जिल्लापाल, पुलिस अधीक्षक साथै संयुक्त सचिव भन्दा माथिको स्तरका सरकारी अधिकारीको सहभागितामा आयोजित बैठकलाई मुख्यमन्त्री पीएस गोलेले अध्यक्षता गरेका थिए। बैठकमा विभिन्न विभागहरूले आफ्नो प्रस्तुति दिएर कार्यसम्पादनका अवरोधहरूबारे जानकारी गराएका थिए।
बैठकमा मुख्यमन्त्री गोलेले विभागीय तथा अन्तर्विभागीय समन्वयलाई थप मजबुत बनाउन जोड दिए। उनले प्रभावकारी प्रशासन, पारदर्शिता र समस्याहरूको शीघ्र समाधानका लागि विभागीय सहकार्य अनिवार्य रहेको उल्लेख गर्दै विभागहरूबीचको दृढ समन्वयले सरकारको कार्यप्रणालीलाई चुस्त बनाउन तथा जनतालाई प्रदान गरिने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने बताए ।
आज आयोजित बैठकले सबै अधिकारीहरूलाई नयाँ ऊर्जा र उद्देश्यका साथ काम गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री पीएस गोलेले समाजका पछिपरेका तथा विपन्न वर्गका नागरिकहरूलाई लक्षित गरेर परीणाममुखी काम गर्न सबै सरकारी कर्मचारीहरूलाई आग्रह गरे।
मुख्यमन्त्रीले सरकारद्वारा कर्मचारीहरूलाई आवश्यक सुविधा तथा साधनहरू उपलब्ध गराइएको उल्लेख गर्दै अब कुनै पनि नागरिकले अनावश्यक दुःख भोग्न नपरोस् भन्ने सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी हुनुपर्ने बताए।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह