डल्ले खोर्सानीबाट लाखौं रुपियाँ साट्दै माम्जेका किसान

गान्तोक: सिक्किमको पूर्व पाण्डम ग्राम पंचायत अन्तर्गतको माम्जे वार्डमा डल्ले खोर्सानीको व्यावसायिक खेतीले ग्रामीण जीवनशैलीमा आमूल परिवर्तन ल्याइरहेको छ। परम्परागत खेतीमा निर्भर गाउँलेहरू अहिले डल्ले खोर्सानीलाई मुख्य आयस्रोतको रूपमा विकास गर्दै आत्मनिर्भरताको बाटोमा अघि बढिरहेका छन्।
यस वर्ष माम्जेका करिब ७० घर परिवारले डल्ले खोर्सानीको खेती गर्दै सामूहिक रूपमा करिब ₹२ करोड आम्दानी गर्ने लक्ष्य राखेका छन्। गत वर्ष मात्रै गाउँलेहरूले झण्डै ₹८५ लाख रुपैयाँ आम्दानी गरेका थिए। स्थानीय पञ्चायत सदस्य बिकाश भण्डारीका अनुसार, कृषक संख्या र खेतीको क्षेत्रफल दुवै वृद्धि भएकोले यो वर्ष आम्दानी दोब्बर हुने अपेक्षा गरिएको हो।
डल्ले खोर्सानीको जैविक उत्पादन र भौगोलिक संकेत (GI) ट्यागका कारण यसको बजार मूल्य बढ्दो छ। कृषकहरूले परम्परागत खेती, पशुपालन र सब्जी खेतीबाट हटेर अब डल्ले खेतीमा केन्द्रित भएका छन्। ४६ वर्षीय दाम्लाखा निवासी बेनुप ढकालले गत वर्ष ₹२ लाख मूल्य बराबरको खोर्सानी बिक्री गरेका थिए। यसपालि ₹५ लाखको खोर्सानी बिक्री गर्ने लक्ष्य राखेको उनले बताए।
हाल माम्जेको उत्पादन सिधै निर्यात नभए पनि सिक्किमभर डल्ले खोर्सानीको माग उच्च छ। यसै वर्ष दुई लट डल्ले खोर्सानी सोलोमन टापुमा निर्यात भइसकेको छ। माम्जेका कृषकहरूले पनि आगामी वर्षदेखि अन्तर्राष्ट्रिय निर्यातमा सहभागी हुने आशा व्यक्त गरेका छन्।
माम्जेको खोर्सानी मुख्यतः पाकिम बजार र बिचौलियामार्फत गान्तोकमा बिक्री भइरहेको छ। उत्पादन बढेसँगै बजार व्यवस्थापन चुनौती बन्ने देखिए पनि कृषि विभाग आवश्यक तयारी भइसकेको स्थानीय पंचायले जानकारी दिएका छन्। सरकारी सहयोगमा जैविक विषादी वितरण सुरु गरिएको छ भने, निजी कम्पनीहरूबाट सीएसार अन्तर्गत मल्चिङ प्लास्टिक र अन्य सामग्री उपलब्ध गराइएको छ। गाउँमै प्रोसेसिङ युनिट स्थापना गर्ने प्रस्ताव पनि प्रक्रियामा रहेको छ।
गाउँमा हाल अधिकांश खेतियोग्य जमिन डल्ले खेतीमा लगाइएको छ। कृषकहरूले जैविक मलका लागि पशुपालनलाई सहायक व्यवसायका रूपमा लिएका छन्। वरपरका क्षेत्रहरूमा अदुवा, हर्दी, मौरी पालन र माछा पालन समेत भइरहेको छ।
तर, कृषकहरू अझै बजारको स्थायित्व, फसलपछिको व्यवस्थापन र वन्यजन्तुसँगको द्वन्द्वजस्ता समस्यासँग जुधिरहेका छन्। पूर्वाधार र सिधा निर्यात पहुँच भएमा यी समस्याहरूको समाधान सम्भव हुने उनीहरूको विश्वास छ।
डल्ले खोर्सानीलाई लिएर एकातिर राजनीतिक बहस चुलिएको छ भने अर्कोतिर माम्जेका कृषकहरू भने मौन तर दृढतापूर्वक आफ्नो काममा केन्द्रित छन्। उनीहरूका लागि डल्ले खोर्सानी केवल पिरो स्वाद होइन सम्भावना, आत्मनिर्भरता र ग्रामीण समृद्धिको प्रतीक बनिरहेको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह