सिक्किमका लोकसभा सांसदद्वारा बीआरओ महानिर्देशकसँग सडक पूर्वाधारबारे भेटवार्ता

नयाँ दिल्ली: सिक्किमका लोकसभा सांसद इन्द्र हाङ्ग सुब्बालेआज नयाँ दिल्लीस्थित सीमा सडक संगठन (बीआरओ) को मुख्यालयमा संगठनका महानिर्देशकसँग भेटवार्ता गर्दै राज्यको महत्वपूर्ण सडक पूर्वाधारसम्बन्धी विषयमा गहन छलफल गरे।
यस भेटमा उत्तर सिक्किमको सडक निर्माण तथा मर्मतसम्बन्धी रणनीतिक र प्राविधिक चुनौतीहरूबारे चर्चा गरिएको बताइएको छ। गान्तोकदेखि जिमासम्मको यातायात (चुङथाङ र लाछेन भएर जान्छ) मार्गलाई वर्षभर सञ्चालनयोग्य बनाउने विषयमा विशेष जोड दिइएको थियो। साथै, दीर्घकालीन सुदृढ सम्पर्कका लागि वैकल्पिक राजमार्ग निर्माणको आवश्यकता पनि उठाइएको थियो।
भेटवार्तामा पूर्व सिक्किमको लोकप्रिय पर्यटकीय स्थल जुलुक नजिकको वैकल्पिक सडक समायोजनबारे पनि महत्वपूर्ण चर्चा भयो। जुलुकको 32 मोडको ऐतिहासिक मार्ग संरक्षण गर्दै त्यस क्षेत्रको जैविक, सांस्कृतिक र पर्यटन महत्त्व जोगाउनुपर्नेमा सांसद सुब्बाले जोड दिनुभयो।
सांसद सुब्बाले सीमावर्ती क्षेत्रमा यातायात संरचना बलियो हुनु केवल सामाजिक-आर्थिक विकासका लागि मात्रै आवश्यक नभएर यो राष्ट्रिय सुरक्षाका दृष्टिले पनि अति महत्वपूर्ण रहेको स्पष्ट पारे। उनले बीआरओलाई यी परियोजनाहरू शीघ्र कार्यान्वयन गर्न र स्थानीय प्रशासनसँग सहकार्य गर्दै अघि बढ्न आग्रह गरेका छन्।
यस अवसरमा बीआरओका महानिर्देशकले सिक्किमको सडक पूर्वाधार सुधारमा संगठन प्रतिबद्ध रहेको जनाउँदै सांसदद्वारा उठाइएका सबै चिन्ताहरूलाई प्राथमिकताका साथ सम्बोधन गरिने आश्वासन दिएका लोकसभा सांसद इन्द्रहाङ सुब्बाको पक्षबाट जानकारी गराइएको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह