संकट व्यवस्थापनमा सतर्कता अपनाउन मुख्यमन्त्रीले दिए सबै विभागलाई स्पष्ट निर्देश

गान्तोक: राज्यको सुरक्षा संवेदनशीलता र सम्भावित संकटको मूल्याङ्कन गर्न सिक्किमका मुख्यमन्त्री पीएस गोलेले शुक्रबार एक उच्चस्तरीय बैठक गरे। बैठकमा विभिन्न विभागका प्रमुख अधिकारीहरूसँगै सबै जिल्लाका जिल्लापाल र पुलिस अधीक्षकको उपस्थिति रहेको थियो।
मुख्यमन्त्रीले राखेको बैठकमा राजनीतिक सचिव जेकब खालिङ, क्याबिनेट सचिव भीबी पाठक, मुख्य सचिव आर तेलाङ, पुलिस महानिदेशक अक्षय सचदेवा साथै स्वास्थ्य, ऊर्जा, खाद्य तथा नागरिक आपूर्ति, सडक तथा पुल, भू–राजस्व एवं आपदा व्यवस्थापन लगायतका विभाग प्रमुखहरू सहभागी थिए।
बैठकमा मुख्यमन्त्रीले राज्यको समग्र सुरक्षालाई मध्यनजर राखेर सबै विभागलाई स्पष्ट र ठोस निर्देशन दिएका छन्। ऊर्जा विभागलाई सम्भावित विद्युत अवरोधको पूर्वतयारीका लागि आकस्मिक अभ्यास (emergency drills) सञ्चालन गर्न र आम नागरिकमा ब्ल्याकआउटको अवस्थासम्बन्धी जनचेतना अभिवृद्धि गर्न भनिएको छ। सडक तथा पुल विभागलाई सबै महत्त्वपूर्ण मार्ग तथा संरचनाहरूको स्थायित्व सुनिश्चित गर्दै पूर्ण सञ्चालन अवस्थाको ग्यारेन्टी गर्न निर्देशन दिइएको छ।
स्वास्थ्य विभागलाई राज्यभरि सतर्कता कायम राख्न, अस्पतालहरूमा आवश्यक उपकरण, औषधि तथा जनशक्ति सुनिश्चित गर्न र अत्यावश्यक सेवा निरन्तर उपलब्ध गराउन भनिएको छ। खाद्य तथा नागरिक आपूर्ति विभागलाई अत्यावश्यक वस्तु र इन्धनको पर्याप्त भण्डारण गर्न र वितरण प्रणालीमा कुनै अवरोध नआउने व्यवस्था मिलाउन आदेश दिइएको छ।
पुलिस तथा सुरक्षा निकायहरूलाई विशेष गरी सीमावर्ती क्षेत्रमा निगरानी बढाउन, आन्तरिक सुरक्षा संयन्त्रलाई मजबुत बनाउन र इण्डियन रिजर्भ बटालियन (IRB) तथा सिक्किम सशस्त्र प्रहरी (SAP) सँग नियमित अभ्यास र तालिम सञ्चालन गर्न भनिएको छ। आपदा व्यवस्थापन विभागलाई राज्यभरि साइरन प्रणाली सक्रिय राख्न र तालिमप्राप्त जनशक्ति तुरुन्त परिचालन गर्न सक्ने व्यवस्था गर्न निर्देशन दिइएको छ।
उच्चस्तरीय बैठक बारे जानकारी दिंदै मुख्यमन्त्रीले कुनै पनि संकटको सामना गर्न सिक्किम सरकार पूर्ण रूपमा तयार रहेको साथै राज्यको सुरक्षा, सेवा र शान्तिको प्रत्याभूति दिन सरकार प्रतिबद्ध छ भनेका छन्।
उनले आम नागरिकलाई संयमित रहन, आधिकारिक सूचनामा भर पर्न, प्रशासनसँग सहयोग गर्न र सामाजिक सञ्जालमा असत्य सूचना नफैलाउन आग्रह गरेका छन्।
सिक्किमको अन्तर्राष्ट्रिय सीमासँगको निकटता र रणनीतिक अवस्थालाई ध्यानमा राख्दै मुख्यमन्त्रीले राष्ट्रिय सुरक्षाप्रतिको प्रतिबद्धता पनि दोहोर्‍याएका छन्। “जनताको सुरक्षासँगै राष्ट्रको सुरक्षाप्रति पनि हाम्रो कर्तव्य उत्तिकै महत्वपूर्ण छ। यसका लागि हामी कुनै सम्झौता गर्नेछैनौं”, मुख्यमन्त्रीले भनेका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह