सिक्किममा शुरु भयो नर्थइस्ट टिम चेस च्याम्पियनशिप

गान्तोक, २० अक्टोबरः सिक्किम चेस एसोसिएशनको आयोजनामा आइवारदेखि गान्तोकमा नर्थइस्ट टिम चेस च्याम्पियनशिप २०२४ शुरु भएको छ। गान्तोकको जनता भवनमा आयोजना भइरहेको प्रतियोगितालाई सिक्किम सरकारको खेल तथा युवा मामिला विभागका मन्त्री राजु बस्नेतले उद्घाटन गरे।

नर्थइस्ट टिम चेस च्याम्पियनशिप सिक्किमले पहिलोपल्ट आयोजन गर्ने अवसर पाएको हो। यस प्रतियोगितामा पूर्वोत्तर क्षेत्रका कुल आठवटा टिमले सहभागिता जनाएका छन् जसमा सिक्किमबाट दुईवटा टिम रहेका छन्। यसको समापन आगामी २३ अक्टोबरमा हुनेछ।

प्रतियोगितामा भाग लिइरहेका खेलाडीहरूलाई मन्त्री राजु बस्नेतले बधाई दिए। आ-आफ्नो राज्यबाट प्रतिस्पर्धा गरेर क्षेत्रीय प्रतियोगिताका लागि चयनित हुनु खेलाडीहरूको लागि उपलब्धि बताउँदै उनले सबै खेलाडीलाई राम्रो प्रदर्शनका साथ देशलाई विश्वमा नेतृत्व दिनसक्ने क्षमता विकास गर्न शुभकामना दिए।

यस प्रतियोगितामा प्रत्येक टिमबाट पाँच-पाँचजना खेलाडी खेली रहेका छन्। सिक्किम चेस एसोसिएशनले पहिलोपल्ट आयोजन गरेको प्रतियोगिताका लागि कुल पाँच लाख रुपियाँको पुरस्कार पनि तय गरेको छ। यो प्रतियोगिता राज्यमा आयोजना गर्दा सिक्किमका नवप्रतिभाशाली चेस खेलाडीमा आत्मबल बढेर जानेछ भन्ने विश्वस राखिएकको सिक्किम चेस एसोसिएशनका अध्यक्ष महेन्द्र ढकालले बताएका छन्।  

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह