नाथुलाबाट कैलाश मानसरोवर यात्राको पहिलो टोली चीन प्रवेश

गान्तोक: सिक्किमको नाथुला मार्ग भएर कैलाश मानसरोवर यात्राका लागि तिर्थयात्रीको पहिलो टोली शुक्रबार चीन प्रवेश गरेको छ। 33 जना तीर्थयात्री, दुईजना लाइजनिङ अफिसर र एकजना डाक्टरसहित कूल 36 सदस्यको टोलीलाई आज नाथुला सीमाबाट सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले फ्ल्यागफ गरे। यस टोलीमा 21 देखि 70 वर्षको उमेरका तीर्थयात्री छन्। कैलाश मानसरोवर यात्राको पहिलो टोलीले 15 जूनको दिन नयाँ दिल्लीबाट यात्रा शुरु गरेको थियो भने सिक्किम तीनवटा स्थानमा बसेर यात्राका लागि अनुकुलन प्रक्रियाको चरण पूरा गरेपछि आज चीन प्रवेश गरेका हुन्।
नाथुला सीमाबाट प्रस्थान गर्नु अघि राज्यपाल माथुरले तीर्थयात्रुहरूसँग संवाद गर्दै सफल र सुरक्षित यात्राका लागि शुभकामना व्यक्त गरे। उनले यस ऐतिहासिक मार्गको पुनः सञ्चालनलाई भारतीय आध्यात्मिक परम्परा र अन्तर्राष्ट्रिय मैत्री सम्बन्धको पुनर्स्थापनाको संकेतको रूपमा उल्लेख गरेका छन्। यात्रा पुनः सञ्चालनमा देखाइएको प्रतिबद्धताका राज्यपालले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार प्रकट गरे।
“सिक्किम राज्यको लागि यो अत्यन्त गौरवको क्षण किनभने ऐतिहासिक र आध्यात्मिक यात्रा राज्यको पवित्र भूमिबाट अघि बढिरहेको छ।” राज्यपालले सिक्किम सरकार, भारत-तिब्बत सीमा पुलिस र भारतीय सेनालाई यात्राको व्यवस्थित आयोजनाका लागि धन्यवाद दिए।
सिक्किम सरकारको पर्यटन विभागका मन्त्री टीटी भोटियाले पाँच वर्षको अन्तरालपछि पुनः शुरुवात भएको कैलाश मानसरोवर यात्राले सिक्किमलाई फाइदा पुग्ने बताए। नाथुला मार्गको यात्राले यस क्षेत्रको प्रसार देशभरि नै हुनेछ भन्दै यसबाट सिक्किमको पर्यटन प्रवर्द्धन हुने उनले विश्वास व्यक्त गरेका छन्।
15 जूनमा सिक्किम आइपुगेर आज चीनको यात्रा शुरु गरेका कैलाश मानसरोवर यात्रा टोलीका सदस्यहरूले सिक्किम भएको सेवा र सत्कारको खुलेर सराहना गरे। धेरैले सिक्किमको आतिथ्य सत्कारबाट प्रभावित भएको बताए साथै सिक्किम सरकार, पर्यटन विभाग, आईटीबीपी र भारतीय सेनाप्रति आभार व्यक्त गरे।
कैलाश मानसरोवर यात्राको पहिलो टोलीमा 25 पल्ट मानसरोवर यात्रा गरिरहेका दम्पती पनि सामेल छन्। 25औं पल्ट मानसरोवर यात्राका लागि अवसर जुरेकोमा खुसी व्यक्त गर्दै दिल्लीकी राज यादवले यो यात्रा पुनः शुरु गरेकोमा भारत सरकारलाई धन्यवाद दिइन्।
आज चीन प्रवेश गरेका तीर्थयात्री आगामी 1 जुलाईमा मानसरोवर यात्रा पूरा गरेर सिक्किम आइपुग्ने छन् भने नाथुलाबाट मानसरोवर जाने दोस्रो टोली आज सिक्किम आइपुग्ने छ। सिक्किमबाट फ्ल्यागअफ पछि तीर्थयात्रीलाई चीनका सम्बन्धित अधिकारीले जिम्मा लिएका छन्।
आज नाथुला सीमामा आयोजित फ्ल्यागअफ कार्यक्रम सिक्किम विधानसभा उपाध्यक्ष राजकुमारी थापा, पर्यटन विभागका मन्त्री टीटी भोटिया, विभिन्न विभागका मन्त्री, विधायकहरू, आईटीबीपी र भारतीय सेनेका अधिकारी अनि सिक्किम सरकारको विभिन्न विभागका अधिकारी उपस्थित थिए।
यस यात्राको समग्र व्यवस्थापन भारत सरकारको विदेश मन्त्रालय, सिक्किम पर्यटन विकास निगम, र भारत-तिब्बत सीमा पुलिसद्वारा गरिएको हो। सिक्किमको नाथुला मार्गबाट यस वर्ष कुल 10 टोलीले कैलाश मानसरोवर यात्रा गर्नेछन्। यो मार्गको यात्रा अगस्त महिनामा पूरा हुनेछ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह