सिक्किम स्टेट बक्सिङ च्याम्पियनसिप शुरु

गान्तोकः सिक्किम अमेच्योर बक्सिङ एसोसिएसनको आयोजनाम आजदेखि 19औं सब जुनियर अनि 20औं जुनियर सिक्किम स्टेट बक्सिङ च्याम्पियनसिप शुरु भएको छ। गान्तोक नजिक रेसीथाङको खेलो इण्डिया उत्कृष्ठता केन्द्रमा सिक्किमका किशोर तथा किशोरी दुवै वर्गका लागि आयोजित प्रतियोगितामा छवटै जिल्लाका प्रतियोगीले भाग लिएका छन्।

आगामी 28 जुलाईसम्म आयोजना हुने तीन दिनको बक्सिङ च्याम्पियनसिपको उद्घाटन अवसरमा सिक्किम सरकारको सडक तथा पुल विभागका मन्त्री तथा सिक्किम अमेच्योर बक्सिङ एसोसिएसनका संरक्षक एनबी दाहाल मुख्य अतिथि रहेका थिए। प्रतियोगितामा 109 खेलाडी भाग लिइरहेका छन्। यस प्रतियोगिताबाट सब जुनियर नेशनल च्याम्पियनसिपका लागि खेलाडीको चयन हुने एसोसिएसनका अध्यक्ष जसलाल प्रधानले जानकारी दिएका छन्।

उद्घाटन सत्रमा क्षेत्र विधायक कला राई, विधायक आदित्य गोले, विभिन्न विभागका सल्लाहकार तथा अध्यक्ष साथै खेल संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

उद्घाटन अवसरमा बोल्दै सोरेङ-च्याखुङ निर्वाचन क्षेत्रका विधायक आदित्य गोलेले सहभागीलाई शुभकामना दिए साथै अनुशासनमा रहेर खेल अघि बढाउन आग्रह गरे। सिक्किममा बक्सिङ खेललाई प्रोत्साहन गर्न सरकारले खामदोङमा जसलाल प्रधान बक्सिङ एकाडेमी निर्माण गरिरहेको जो 2026 देखि सञ्चालनमा आउने बताए। एकाडेमी शुरु भएपछि सिक्किमका बक्सिङ खेलाडीलाई फाइदा पुग्नेछ भन्दै सिक्किमका युवा बक्सिङ खेलाडीलाई लगातार परिश्रम गर्न आग्रह गरे। कुनैपनि प्रकारको आवश्यकता परेमा खेलाडीलाई सहयोग गर्न सरकार तयार रहेको उनले बताएका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह