गान्तोक: सिक्किम क्रिकेट एसोसिएसनले आयोजना गरेको सिका ए डिभिजन मेन्स क्लब टुर्नामेन्ट 2025 को विजेता बनेको छ आईरिसिस क्रिकेट क्लब जोरथाङ विजयी बनेको छ। ३ अप्रेल बिहिबार माइनिङ क्रिकेट खेलमैदानमा आयोजित फाइल प्रतियोगितामा जोरथाङले क्रिकेट एसोसिएसन तथाङ्चेनलाई 39 रनले पराजित गरेर प्रतियोगिता जित्न सफल भएको हो। जोरथाङले पहिले ब्याटिङ गर्दै निर्धारित 40 ओभरमा 267 रन बनाएको थियो। यसमा अतिथि खेलाडी ललित यादवले 119 रनको पारी खेलेर जोरथाङलाई दह्रिलो स्कोर बनाउन सहयोग पुऱ्याएका थिए। ताथाङचेन क्रिकेट एसोसिएसन 38.1 ओभरमा अल आउट भयो।
दोस्रो इनिङमा 268 रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको ताथाङ्चेन टिमले 38.1 ओभरमा 229 रन मात्रै बनाउन सक्यो। यस प्रतियोगितामा सिक्किमका कूल आठवटा दलले भाग लिएका थिए। प्रतियोगितामा म्यान अफ दि टुर्नामेन्ट र प्लेयर अफ दि टुर्नामेन्ट जोरथाङका ललित यादव बनेका छन् भने तथाङ्चेनका खेलाडी अक्षय सेनले 15 विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडि बनेका छन्।
प्रतियोगिताको समापन पछि मिडियासँग कुराकानी गर्दै सिक्किम क्रिकेट एसोसिएसनका अध्यक्ष टिका सुब्बाले आगामी दिनमा सिक्किम क्रिकेट धेरै उच्चाइमा पुग्ने योजना तय गरेर एसोसिएशनले काम गरिरहेको जानकारी दिएका छन्। उनले आगामी दिनमा धेरै प्रतियोगिता साथै क्रिकेट विकासका लागि अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिने बताए।




