शिक्षकहरूको माध्यमबाट विद्यार्थीलाई स्वच्छता सम्बन्धित जागरुक गराउने पहल शुरु

गान्तोक: सिक्किम सरकारको ग्राम विकास विभागको स्वच्छ भारत मिशन (ग्रामीण) ले विद्यालय स्तरदेखिनै स्वच्छता माथि सचेतना ल्याउन कार्यक्रम शुरु गरेको छ। यसै क्रममा आज गान्तोकको जनता भवनमा विभागले गान्तोक जिल्लाका ३६ विद्यालयलाई लिएर सचेतना कार्यक्रमको आयोजना गर्यो।

यस सचेतना कार्यक्रम बारे जानकारी दिंदै ग्राम विकास विभागकी विशेष सचिव तथा स्वच्छता अभियान ग्रामीणकी मिशन डाइरेक्टर बेणु गुरुङले विद्यार्थीहरू नै समाजको संदेशवाहक रहेकोले उनीहरूलाई स्वच्छता माथि जागरुक गराउन शिक्षकहरूका स्वच्छता क्याम्पियनको सचेतना कार्यक्रम आयोजन गरिएको बताइन। यस अभियानमा सामेल शिक्षकहरूको माध्यमबाट विद्यार्थीलाई स्वच्छता सम्बन्धित सबै विषयमा जागरुक गराउने योजना रहेको छ।

पहिलो चरणमा गान्तोक जिल्लाका ३६ सेकेण्डरी र सिनीयर सेकेण्डरी विद्यालयलाई चयन गरिएको छ भने पछि गएर प्राथमिक अनि जुनियर हाइ स्कूलहरूलाई यस कार्यक्रमको सहभागी बनाइनेछ। गान्तोकपछि सिक्किमका अन्य सबै जिल्लाहरूलाई यस अभियानको भागिदारी बनाइने लक्ष्य राखिएको छ।

सिक्किमको ५०औं राज्य वर्षगाँठको अवसरमा राज्यलाई नै स्वच्छ राख्ने विचारले यो कार्यक्रमको आयोजन गर्दै विद्यार्थिहरूलाई स्वच्छतामाथि जागरुक गराइने बेणु गुरुङले जानकारी दिएकी छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह