गान्तोक: भारतीय सेनाको १७औं पर्वतीय खण्डका नवनियुक्त जनरल अफिसर कमान्डिङ (जीओसी) मेजर जनरल एमएस रठौडले सोमबार बिहान सरकारी निवासमा मुख्यमन्त्री पीएस गोलेसंग भेट गरेका छन्।
यस भेट अवसरमा मुख्यमन्त्रीले निवर्तमान जीओसी मेजर जनरल अमित कभटियाललाई उत्कृष्ट सेवा र नेतृत्वका लागि धन्यवाद दिए। मेजर जनरल कभटियालको कार्यकालमा बलियो र सौहार्दपूर्ण सम्बन्ध कायम भएको उल्लेख गर्दै मुख्यमन्त्रीले उनको प्रशंसा गरे साथै भावी सफलताका लागि शुभकामना व्यक्त गरेका छन्।
नयाँ जीओसी मेजर जनरल राठौरलाई स्वागत गर्दै मुख्यमन्त्री गोलेले उनको कार्यकाल सफल र प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।
सिक्किमको प्रतिनिधित्व गर्दै याङगाङ पर्यटन विकास समितिले भाग लियो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा
गान्तोकः पर्यटन विकासका लागि आयोजित अन्तराष्ट्रिय युवा सम्मेलनमा सिक्किमको प्रतिनिधित्व गर्दै दक्षिण सिक्किमको याङगाङ पर्टयटन विकास समितिले पाँच दिनको सम्मेलनमा भाग लिएको छ। ओडिसाको सम्बलपुर जिल्ला अन्तर्गत जीएम विश्वविद्यालयमा १४…