डिस्कभर राभाङ छोजो फेस्ट शुरु

गान्तोक: डिस्कभर राभाङ छोजो फेस्ट शुरु भएको छ। राभाङको छोजो पोखरी परिसरमा हुने छ दिनको यस पर्यटनको उत्सवलाई शुक्रबार सिक्किम सरकारको पर्यटन विभागका मन्त्री टीटी भोटियाले उद्घाटन गरे। यो उत्सवको उद्घाटनसँगै पहिलोपल्ट आयोजना गरिएको मुख्यमन्त्री स्वर्णकप भलिबल प्रतियोगिता पनि शुरु भएको छ।
राभाङमा आयोजना गरिएको यस भलिबल प्रतियोगितालाई देशकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता बताइएको छ जसका विजेता दलले 20 लाख रुपियाँ र उपविजेताले 10 लाख रुपियाँ नगद पुरस्कार पाउनेछन्। प्रतियोगिताका सिक्किमका फ्रेन्चाइजी रहेका कूल 10 टिमको सहभागीता रहेको छ भने टिममा राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका खेलाडी सामेल गरिएको छ।
आगामी 16 अप्रेलसम्म चल्ने पर्यटन फेस्टको उद्घाटनकार्यक्रममा स्वागत मन्तव्य राख्दै बर्फुङ निर्वाचन क्षेत्रका विधायक रिक्सल दोर्जी भोटियाले संस्कृती, खेल तथा प्राकृतिक आधारित पर्यटनलाई बढावा दिने उदेश्यले यो फेस्ट आयोजना गरिएको बताए।
विधायक भोटियाले स्थानीय संस्कृति र सम्पदाको संरक्षणको आवस्यकता माथि बल दिए साथै मानिसहरूलाई लुप्त हुन लागेका सम्पदाको संरक्षणका लागि स्थानीय मानिसहरूलाई प्रोत्साहन पनि गरे। यसै सन्दर्भमा बोल्दै विधायक रिक्सल दोर्जी भोटियाले स्थानीय जंगली प्रजातिको गुल्फा संरक्षण गर्नेलाई 50 हजार रुपियाँ पुरस्कार दिने कालो ऐंसेलुको संरक्षण गर्नेका लागि पनि 50 हजार रुपियाँ पुरस्कार दिने घोषणा गरे। यसबाहेक स्थानीय विलुप्त हुन् लागेका बोट बिरुवा र चरा संरक्षण गर्न स्थानीयलाई प्रोत्साहन गरेका छन्। स्थानीय सम्पदाको संरक्षणले मात्रै पर्यटन प्रवद्र्धन हुने साथै स्थानीय मानिसहरूको आर्थिक उपार्जनको बाटो बनिएर धनी र गरीब माझको अन्तर कम हुने बताए। विधायक भोटियाले डिस्कभर राभाङ छोजो फेस्टले स्थानीय र बाहिरी संस्कृति आदान प्रदानको लागि पनि टेवाको काम गर्ने विश्वास राखेका छन।
यो 6 दिने कार्यक्रम अवधि राभाङ तथा यस वरिपरिको पर्यटन पूर्वाधार र सम्भावनाहरूलाई विश्व बजारमा उजागर गराउने प्रयास गरिने आयोजक पक्षको प्रयास हुनेछ। यसका लागि पर्यटन सम्भावना रहेका स्थानमा विभिन्न कार्यक्रमहरू राखिनेछन् भने स्थानीय संस्कृति र खानपानको प्रदर्शन र बिक्री गरेर राभाङ तथा यस वरिपरिका मानिसहरूलाई आर्थिक उपार्जन गर्ने अवसर पनि प्रदान गरिएको छ। फेस्टको समापन 16 अप्रेलमा हुनेछ जसमा मुख्यमन्त्री पीएस गोले मुख्य अतिथका रुपमा उपस्थित रहनेछन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह