गान्तोक: मुख्यमन्त्री पीएस गोलेले आज सिक्किम तथा दार्जिलिङका लागि नेशनल क्याडेट कोर (एनसीसी) का ग्रुप कमाण्डर ब्रिगेडियर मुकेश गुरुङ (शौर्य पदक) सँग आफ्नो सरकारी निवासमा भेटवार्ता गरे।
भेटमा सिक्किममा एनसीसीको भविष्य विस्तारका सम्भावना, युवाहरूको सहभागिता सुदृढ गर्ने कार्यक्रमहरू र नेतृत्व तथा अनुशासन विकासका विषयमा विस्तृत छलफल गरिएको थियो।
मुख्यमन्त्रीले सिक्किमका युवाहरूलाई एनसीसीमा सक्रिय रूपमा संलग्न गराउँदै उनीहरुको पेशागत तथा रोजगारी सम्भावनामा टेवा पुर्याउने किसिमका पहलमा राज्य सरकार प्रतिवद्ध रहेको बताए।





