सिक्किममा १३ नोभेम्बरमा हुनेछ उपचुनाउ; एसकेएम पार्टीले जनायो स्वागत

गान्तोक, १६ अक्टोबर: चुनाउ आयोगले महाराष्ट्र र झारखण्डसँगै सिक्किममा उपचुनाउको मिति घोषणा गरेको छ। आयोगका अनुसार, सिक्किमका दुईवटा निर्वाचन क्षेत्रमा १३ नोभेम्बरमा मतदान हुनेछ र मतगणना २३ नोभेम्बरमा हुनेछ। उपचुनाउको अधिसूचना १८ अक्टोबरमा जारी हुनेछ। उम्मेदवारहरूले २५ अक्टोबरसम्म नामाङ्कन बुझाउन सक्नेछन्।
सिक्किमको नाम्ची सिङ्गीथाङ र सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा उपचुनाउ हुनुपर्ने छ। मुख्यमन्त्री पीएस गोलेले रिनाक निर्वाचन क्षेत्र र सोरेङ च्याखुङ निर्वाचन क्षेत्रबाट चुनाउ जितेपछि उपचुनाउका लागि सोरेङ च्याखुङ निर्वाचन क्षेत्र छोडिदिएका थिए। मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण कुमारी राईले नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रबाट चुनाउ जितेकी थिईन। तथापि विधायकको रुपमा शपथ लिएको भोलिपल्ट नै उनले विधायकबाट राजीनामा दिएका कारण नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रमा उपचुनाउ हुनुपर्ने स्थिति पैदा भएको हो।
उल्लेखनीय छ, २०२४ को विधानसभा चुनाउमा सिक्किमको सत्तारुढ एसकेएम पार्टीले ३२ मध्ये ३१ निर्वाचन क्षेत्रमा विजय हासिल गरेर दोस्रो कार्यकालको लागि सरकार गठन गरेको छ। सरकार गठन भएपछि मुख्यमन्त्री पीएस गोलेले रिनाक निर्वाचन क्षेत्र र कृष्णा कुमारी राईले नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रबाट राजीनामा दिएपछि एसकेएम पार्टीकाे विधायक संख्या २९ पुगेको थियो भने पछिबाट एकमात्र सीट जितका एसडीएफ विधायक तेञ्जिङ नर्बु लाम्टा पनि एसकेएम पार्टीमा सामेल भएपछि विधायक संख्या ३० पुगेको छ।
दुईवटा निर्वाचन क्षेत्रमा उपचुनाउ घोषणा हुनासाथै सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले उपचुनाउको घोषणाको स्वागत गर्दै चुनाउमा भाग लिने प्रतिबद्धता जनाएको छ। पार्टीले मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा सिक्किममा उल्लेखनीय प्रगति भएको दावी गर्दै, आगामी चुनावमा पनि सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ। उम्मेदवार चयन गर्नका लागि पार्टीको संसदीय कमिटी गठन गर्ने प्रक्रिया चाँडै शुरु हुने एसकेएम प्रवक्ता विकास बस्नेतले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह