नयाँ दिल्ली: सिक्किमका मुख्यमन्त्री पीएस गोलेले मंगलवार केन्द्रिय संसदीय मामिला तथा अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजुसंग नयाँ दिल्लीस्थित उनको निवासमा शिष्टाचार भेटवार्ता गरे।
महत्वपूर्ण छलफलका क्रममा मुख्यमन्त्रीले केन्द्रिय मन्त्री रिजिजुलाई न्यानो अभिवादन र शुभकामना व्यक्त गर्दै उनको प्रभावशाली नेतृत्वको प्रशंसा गरेका छन्। यस अवसरमा सिक्किमको विकास र प्रगतिको सम्बन्धमा विभिन्न विषयहरूमा छलफल भएको साथै केन्द्रिय मन्त्रीद्वारा प्रदान गरिंदै आएको निरन्तर सहयोगप्रति मुख्यमन्त्रीले कृतज्ञता व्यक्त गरेका आईपीआर विभागले जनाएको छ।
उक्त भेटवार्तामा मुख्यमन्त्रीसँगै मन्त्रीद्वय पिञ्चो नामग्याल लेप्चा र एनबी दाहाल, प्रधान आवासीय आयुक्त एके चन्द, मुख्यमन्त्रीका प्रधान सचिव एसडी ढकाल तथा अन्य सम्बन्धित व्यक्तिहरू सामेल थिए ।





