जोरथाङ: सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीले जोरथाङस्थित गरिब उत्थान भवनको जोनल पार्टी कार्यलयमा आज एउटा सभा आयोजन गऱ्यो। यस सभामा अवसरमा दक्षिण र पश्चिम सिक्किमका विभिन्न क्षेत्रहरूबाट सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीका कार्यकर्ताहरू बीच भेटघाट भएको बताइएको छ।
एसडीएफ प्रवक्ता योजना खालिङ राईले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेअनुसार, सभाको अध्यक्षता पार्टीका प्रवक्ता एवम् प्रचार-प्रसार प्रभारी एमएन दाहालले गरेका थिए।
विज्ञप्तिमा भनिएको छ, “उक्त सभामा पार्टीका सबै कार्यकर्ताहरूले वर्तमान सिक्किम सरकारको गलत नितीहरूमाथि गम्भीर रुपले चर्चा-परिचर्चा गरे। सभामा पार्टीको आगामी कार्यक्रम कसरी अगाडि बढाउने भन्ने विषयबारे गहन छलफल गर्दै आउने दिनहरूमा पार्टीले क्रमबद्ध ढङ्गमा जनमुखी कार्यक्रमहरू अघि बढाउने प्रस्ताव पारित गऱ्यो।”





