अप्पर रिब्दीको जङ्गल क्षेत्रमा भेटियो मृत भ्रूण

गान्तोक: सरेङ जिल्लाको अप्पर रिब्दी नजिकको जङ्गल क्षेत्रमा करिब १० देखि १२ दिनको जस्तो देखिने मृत भ्रूण फेला परेको छ। स्थानीय महिलाले आफ्नो घर नजिकै भ्रूण देखेपछि तत्कालै गाउँको पञ्चायतलाई जानकारी गराएपछि उक्त घटना बाहिरिएको छ।
महिलाले दिएको जानकारी पछि वार्ड पञ्चायत साङ्गे दोर्जी शेर्पा घटनास्थलमा पुगेका थिए। उनले मृत भ्रूण भेटिएको पुष्टि गर्दै पुलिसलाई खबर दिएपछि घटना बारे रिपोर्ट दर्ता गरेर अनुसन्धान शुरु गरेको छ।
घटनास्थलमा एसडीएमको उपस्थितिमा स्थानीय मानिसहरू र पञ्चायतका सदस्यहरू उपस्थितिमा कानूनी प्रक्रिया पूरा गरेर पुलिसले भ्रूणको शवलाई एसटीएनएम अस्पतालमा पोस्टमार्टमका लागि पठाएको छ। कानूनी प्रक्रिया अनुसार शवलाई ७२ घण्टासम्म सुरक्षित राखिनेछ भने डीएनए परीक्षणका लागि नमुना केन्द्रिय न्यायिक विज्ञान प्रयोगशाला (सीएफएसएल) मा पठाइने थाहा लागेको छ। पुलिसले घटनाको विस्तृत अनुसन्धान गर्दै दोषी पहिचान गर्न लागि परेको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह