एसडीएफले मनायो ‘10 मिनट पृथ्वीका लागि’ कार्यक्रम

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीले पूर्वमुख्यमन्त्री तथा पार्टी अध्यक्ष पवन चामलिङको सहभागितामा ‘१० मिनट पृथ्वीका लागि’ अभियानलाई राज्यभर मनाएको छ।
पार्टीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, यो कार्यक्रमको उद्देश्य जनमानसमा पर्यावरणप्रति चेतना फैलाउने र कम्तीमा १० मिनेट समय पृथ्वीलाई दिने अभ्यासलाई संस्थागत बनाउनु हो। अभियानअन्तर्गत विभिन्न जिल्लामा बिरुवा रोपण कार्यक्रम सञ्चालन गरियो।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, एसडीएफले हरित अभियानको प्रारम्भ सन् १९९६ देखि नै ‘हरित क्रान्ति वर्ष’को घोषणासँगै औपचारिक रूपमा सुरु गरेको थियो। सोही अवधिमा, वातावरणप्रति समर्पित कामको कदरस्वरूप तत्कालीन मुख्यमन्त्री पवन चामलिङलाई ‘ग्रीनेष्ट चिफ मिनिस्टर अफ इन्डिया’ को उपाधि प्रदान गरिएको थियो।
“सन् २००० देखि २०१० सम्मको दशकलाई एसडीएफले ‘हरित क्रान्ति दशक’ घोषणा गर्दै ‘स्टेट ग्रीन मिसन’ स्थापना गरेको थियो। त्यसै क्रममा, २५ जुन २००९ मा ‘टेन मिनेट्स टु अर्थ’ कार्यक्रमको शुरुआत गरिएको थियो”, विज्ञप्तिमा उल्लेख छ।
यस अनन्तर्गत प्रत्येक वर्ष २५ जुनका दिन बिहान १० बजे नागरिकहरूले वृक्षारोपण गर्दै कम्तीमा १० मिनेट पृथ्वीको संरक्षणका लागि समर्पित गर्ने परम्परा स्थापना गरिएको बताइएको छ।
एसडीएफका उपाध्यक्ष (प्रचार विभाग) कृष्ण खरेलले भनेका छन्, “पार्टी सत्तामा रहँदा मात्र होइन, सत्ताबाट बाहिर रहँदा पनि यो अभियान निरन्तर चलाइँदै आएको छ। आजको कार्यक्रम पनि त्यही परम्पराको निरन्तरता हो।”

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह