नयाँ दिल्ली: सिक्किमका मुख्यमन्त्री पीएस गोलेले संसद भवनस्थित कार्यालयमा लोकसभा अध्यक्ष ओम बिड्लालाई शिष्टाचार भेट गरेका छन्।
नयाँ दिल्लीको भ्रमणमा रहेका मुख्यमन्त्रीले मङ्गलबार भएको भेटवार्ताका क्रममा लोकसभा अध्यक्ष बिड्लाप्रति आफ्नो सम्मान व्यक्त गर्दै शुभेच्छा प्रकट गरे। उनले लोकतान्त्रिक मूल्यहरूको संरक्षण र संसदीय परम्पराको सुदृढीकरणमा अध्यक्ष बिड्लाको नेतृत्वको प्रशंसा गरे।
मुख्यमन्त्री गोल्लेले यो भेटलाई स्मरणीय र प्रेरणादायी क्षणको रूपमा उल्लेख गर्दै देशमा लोकतन्त्रको भावना प्रवर्द्धन गर्न अध्यक्ष बिड्लाको महत्वपूर्ण भूमिकाको प्रशंसा गरेका छन्।





