सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

नयाँ दिल्लीः सिक्किमका लोकसभा सांसद डा. इन्द्र हाङ सुब्बाले राई, शेर्पा, तामाङ र गुरुङ भाषाहरूलाई केन्द्रिय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) अन्तर्गत कक्षा 11 र 12 मा वैकल्पिक दोस्रो भाषा विषयको रूपमा समावेश गर्न शिक्षा मन्त्रालयसँग औपचारिक माग गरेका छन्।

यस सन्दर्भमा डा. सुब्बाले संसद भवनस्थित कार्यालयमा केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधान र निजी आवासमा राज्य मन्त्री डा. सुकान्त मजुमदारसँग व्यक्तिगत रूपमा भेट गरी उक्त प्रस्तावको शैक्षिक, भाषिक र सांस्कृतिक महत्वबारे ध्यानाकर्षण गराएका सिक्किमका लोकसभा सांसदको कार्यालबाट जानकारी गराइएको छ।

चार प्रमुख जातीय संघ (अखिल किरात राई संघ, डेञ्जोङ शेर्पा एशोसिएसन, सिक्किम तामाङ बौद्ध संघ, र अखिल सिक्किम गुरुङ (तमु) बौद्ध संघ)  द्वारा संयुक्त रूपमा पेश गरिएको मागपत्रलाई समर्थन गर्दै, सांसद सुब्बाले शिक्षा मन्त्रालयलाई 20 दिसम्बर 2024 मा पठाइएको पत्रको पुनर्विचार गर्न आग्रह गरेका हुन्।

“यी भाषाहरू अघिदेखि नै सीबीएसई  कक्षा 9 र 10 मा पढाइँदै आएका छन्। कक्षा 11 र 12 मा पनि निरन्तरता दिनु नै शैक्षिक र सांस्कृतिक दृष्टिले आवश्यक छ,” सांसद सुब्बाले भनेका छन्। उनले राष्ट्रिय शिक्षा नीति (एनईपी) 2020 ले बहुभाषिकता र स्थानीय भाषाको संरक्षणलाई प्राथमिकता दिएको उल्लेख गर्दै, प्रस्ताव कार्यान्वयन गर्न कुनै थप स्रोत आवश्यक नपर्ने स्पष्ट पारेका छन्।

सांसद सुब्बाले शिक्षा मन्त्रालयलाई 2025-26 शैक्षिक सत्रदेखि मागअनुसारका विद्यालयहरूमा उक्त भाषाहरूलाई वैकल्पिक विषयको रूपमा लागू गर्न निर्देशन दिन तथा कार्यान्वयनको स्पष्ट समयसीमा सार्वजनिक गर्न आग्रह गरेका छन्।

संविधानको धारा 29 अनुसार अल्पसंख्यक समुदायको भाषिक अधिकारको सम्मान गर्दै, उक्त प्रस्तावले समावेशी र समान शिक्षाको पक्षमा सरकारको प्रतिबद्धतालाई बल दिने सांसद सुब्बाको विश्वास छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन