गान्तोक, २१ अक्टोबरः आगामी १३ नोभेम्बरमा हुने सिक्किमका दुईवटा निर्वाचन क्षेत्रको उपचुनाउलाई लिएर सिटिजन एक्सन पार्टी सिक्किमले संसदीय परिषद गठन गरेको छ। पार्टी अध्यक्ष गणेश कुमार राईको अध्यक्षतामा गठित संसदीय परिषदमा कूल सातजना सदस्य रहेका छन्।
सिटिजन एक्सन पार्टी सिक्किमको संसदीय परिषदमा गणेश राई अध्यक्ष रहेका छन् भने, भुषण अधिकारी, जर्बु छिरिङ लेप्चा, सुमती छेत्री, फुरी शेर्पा, किरण जिम्बा र दिवस गुरुङ सदस्य रहेका छन्। पार्टीको संसदीय परिषदले आगामी विधानसभा उपचुनाउका लागि सोरेङ-च्याखुङ र नाम्ची-सिङ्गीथाङ निर्वाचन क्षेत्रमा उम्मेद्वार तय गर्ने जिम्मेवारी लिएको छ।