श्रमिक पञ्जीकरण नियमित प्रक्रिया रहेको श्रम विभागको भनाइ

गान्तोक: सिक्किम श्रम रोजगार नियमन तथा सेवा सर्त ऐन 2021 अन्तर्गत संगठित तथा असंगठित दुवै क्षेत्रका श्रमिकको पञ्जीकरण अनिवार्य रहेको छ। पञ्जीकरण गरेर विभागले जारी गरेको परिचय पत्र नभएका श्रमिकलाई पञ्जीकरणका लागि प्रशासनले अल्टिमेटम दिएपछि श्रम विभागका कार्यालयमा पञ्जीकरण गराउनेको घुइँचो बढेको छ। गान्तोक जिल्ला पुलिसले आज अथवा 10 फरवरी पछि कुनै पनि श्रमिकलाई बिना पञ्जीकरणको भेटिए सिक्किम श्रम रोजगार नियमन र सेवा सर्त ऐन अन्तर्गत जरिवाना लगाउने बताएपछि श्रम विभागमा घुइँचो बढेको हो।
जिल्ला पुलिसले दिएको अल्टिमेटम बिच आज सिक्किम सरकारको श्रम विभागले पत्रकार सम्मेलन आयोजन गरेर श्रमिक पञ्जीकरणलाई निरन्तर चल्ने एउटा प्रक्रिया बताएको छ। विभागका सचिव रघुल के-ले प्रशासनद्वारा सिक्किममा कार्यरत श्रमिकका लागि पञ्जीकरणका लागि समयावधि तोकिएको हुनसक्ने भए पनि नयाँ आउने श्रमिकका लागि विभागमा कुनैपनि समय पञ्जीकरण हुनसक्ने जानकारी दिएका छन्।
नियम मुताबिक सिक्किम कसैले पनि पञ्जीकरण नगरी काम गर्न नपाउने भएकाले यसलाई अनिवार्य रुपमा पालन गर्न रोजगारदाता र श्रमिक दुवै पक्षलाई आग्रह गरेका छन्।
श्रम विभागका सचिवले जानकारी दिएअनुसार सिक्किममा जनवरी महिनासम्म संगठित क्षेत्रका 18995 श्रमिक श्रम विभागमा पञ्जीकृत छन् भने असंगठित क्षेत्रबाट लगभग 16 हजार श्रमिकले मात्रै पञ्जीकृत गराएका छन्। सिक्किम श्रम कानुनको आधारमा मात्रै नभएर कुनैपनि आपतकालीन परिस्थितिमा राज्यमा कार्यरत श्रमिकको अवस्था बारे जानकारी लिन पनि पञ्जीकरण आवस्यक रहेको बताएका छन्।
सिक्किममा राज्यभित्र काम गर्नका लागि श्रम विभागको एउटा कार्यालयमा गराएको पञ्जीकरणले काम गर्ने तर यसलाई प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने आवश्यकता रहेको सचिव रघुल के-ले जानकारी दिएका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह