सिक्किममा लोकतन्त्र संकटमा रहेको एसडीएफको आरोप

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीले सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सरकारमाथि लोकतान्त्रिक मूल्य र मान्यता संकटमा पारेको गम्भीर आरोप लगाएको छ। एसडीएफ पार्टीका उपाध्यक्ष (प्रचार प्रसार) कृष्ण खरेलद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले विपक्षी दल र सरकारसँग असहमति राख्ने व्यक्तिमाथि बारम्बार आक्रमण गरेको, प्रशासनले पक्षपातपूर्ण व्यवहार देखाएको र कानुनी शासन कमजोर भएको दाबी गरिएको छ।
एसडीएफले विगतमा एसकेएमलाई विपक्षमा रहँदा सडक अवरुद्ध गर्ने, हिंसात्मक गतिविधि गर्ने र अलोकतान्त्रिक बयान दिएको स्मरण गराउँदै अहिले सत्तामा आएपछि पनि त्यस्तै व्यवहार दोहोरिएको बताएको छ।
विज्ञप्तिमा एसडीएफ अध्यक्ष पवन चामलिङमाथि हमला, विद्यार्थी नेता पदम गुरुङको ‘हत्या’, पूर्व विधानसभा अध्यक्ष केएन राईमाथि आक्रमणको प्रयासलगायतका घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।
हालै राजधानी गान्तोकमा विपक्षी नेताहरूमाथि भएको अभद्र व्यवहार र प्रशासनको पक्षपाती भूमिकाप्रति आपत्ति जनाउँदै एसडीएफले यस्ता घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेको छ। एसडीएफले सिक्किम सरकारलाई संवैधानिक अधिकारको रक्षा गर्न, भिजिलान्ते आक्रमण रोक्न र स्वस्थ लोकतन्त्र कायम गर्न आग्रह गरेको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह